नेपालगन्ज, ८ फागुन : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक मूल्य, मान्यता र पद्दतिलाई नेपालका राजनीतिक दलले अझै पूर्णरुपमा अनुशरण गर्न नसकेको बताउनुभएको छ । सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा बिपी अध्ययन प्रतिष्ठानले नेपाली काँग्रेस, बाँके पार्टी कार्यालयमा स्थापना गरेको पुस्तकालयको आज उद्घाटन गर्दै नेता सिंहले भन्नुभयो, “लोकतन्त्र व्यवस्थामा मात्र नभई यो मानिसको आचरणसँग पनि जोडिनुपर्छ […]