सोमालियामा सैनिक कारबाहीमा ५ लडाकू मारिए

नैरोबी, २८ कात्तिक– सोमालियाको सेनाले बुधबार गरेको कारबाहीमा विद्रोही अल–सबाबका पाँच लडाकू मारिएको सेनाले जनाएको छ । सैनिक प्रवक्ताका अनुसार सोमालियाको मध्यक्षेत्र हिरानमा सैनिक कारबाहीका क्रममा ती लडाकू मारिएका हुन् । सैनिक प्रवक्ता मोहम्मद अब्दुल्लाहीले लडाकूहरुले स्थानीयबासीसँग कर संकलन गरिरहेको भन्ने सूचनाका आधारमा कारबाही गरिएको बताउनुभयो । सेनाले भिडन्तका क्रममा केही हातहतियारका साथै उनीहरुले संकलन […]

Continue Reading

राफेल लडाकू बिमान मामिला सर्वोच्चद्वारा खारेज

नयाँदिल्ली, २८ कात्तिक– भारतीय सर्वोच्च अदालतले सन् २०१८ को डिसेम्बर १४ मा गरेको आफ्नै फैसलालाई बिहीबार सदर गरेको छ । यो आदेशसँगै भारतले फ्रान्सबाट खरिद गर्न लागेको विवादास्पद राफेल लडाकू बिमान खरिद प्रकरण टुङ्गिएको छ । भारतको मोदी सरकारले फ्रान्सबाट ३६ थान लडाकू राफेल बिमान खरिद गर्न प्रक्रिया अगाडि बढाएपछि बिमान खरिदमा भ्रष्टाचार भएको भन्दै […]

Continue Reading

बेलायती राजकुमार चाल्र्सको जन्मोत्सव मुम्बइका विद्यार्थीसँग

मुम्बई, २८ कात्तिकः बेलायतका राजकुमार चाल्र्सले आफ्नो ७१औँ बार्षिकोत्वस भारतको मुम्बइमा मनाउनु भएको छ । भारतको तीन दिने भ्रमणमा रहनुभएका राजकुमार चाल्र्सले बिहीबार मुम्बईस्थित ताजमहल होटलमा विद्यार्थीहरुसँग जन्मोत्सव मनाउनु भएको हो । जन्मोत्सव समारोहमा उहाँले सामान्य केक काट्नुभएको थियो भने २० भन्दा बढी विद्यार्थीले उहाँलाई घेरेका थिए । जन्मोत्सव समारोहमा सहभागी विद्यार्थीहरुले ताली बजाउदै राजकुमार […]

Continue Reading

बस र टेम्पो ठोक्किँदा भारतमा सातको मृत्यु, बाह्र घाइते

सिकार, २८ कात्तिकः भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । यात्रुबाहक बस र टेम्पो एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनामा परी अरु बाह्र घाइते भएका छन् । राजस्थान राज्य अन्तर्गत पर्ने खातुश्याम्जी भन्ने ठाउँमा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । “घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ,” […]

Continue Reading

उपचारका लागि विदेश जान सरिफलाई पाकिस्तानी सरकारको अनुमति

इस्लामाबादः पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उपचारका लागि विदेश जान पाकिस्तानी सरकारले बुधबार अनुमति दिने निर्णय गरेको छ । उहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर उहाँलाई उपचारका लागि विदेश जान अनुमति दिने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिएका छन् । पाकिस्तानको तीन पटक प्रधानमन्त्री भइसक्नु भएका सरिफ भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहरिँदै जेल सजाय भोगिरहनु भएको छ ।कारागारमै […]

Continue Reading

आखिर किन नरेशले पत्निको टाउको छिनाए, कारण सुन्दा तीन छक पर्नु हुनेछ !

काठमाडौँ । भनिन्छ श्रीमान् श्रीमती एक रथका दुई पाग्रा हुन् । एक बिना अर्काको जीवन अपुरो नै हुन्छ । तर सँधै भनाई जस्तो जिन्दगी कहाँ हुन्छ र श्रीमती बिनाको जीवनका बारेमा नसोचीकन नशामा रल्लीने एक पतिले पत्तिनको विभत्स हत्या गरिदिएका छन् । घटना हो भारतको आगराको । जहाँ नरेश कुमार नाम गरेका पतिले आफ्नी धर्मपत्निले […]

Continue Reading

प्रदूषणका कारण तेहरानका विद्यालय बन्द

तेहरान, २७ कात्तिकः इरानको राजधानी तेहरानका विद्यालयहरु बन्द गर्न बुधबार निर्देशन दिइएको छ । वायु प्रदूषणको अवस्था उच्च भएपछि त्यसले असर पार्ने भएकाले विद्यालयहरु बन्द गर्न निर्देशन दिइएको अधिकारीहरुले जनाएका छन् । गभर्नर अनौशिराभन मोहसेनी बान्डपीले पूर्वविद्यालय (किन्नर गार्डन), पूर्व प्राथमिक र प्राथमिक विद्यालयहरु बन्द गर्न निर्देशन दिइएको बताउनुभयो । उहाँका अनुसार राजधानी तेहरानसँगै घार्चक, […]

Continue Reading

पेरुमा सडक दुर्घटना, १९ जनाको मृत्यु

लिमा, २७ कात्तिक । पेरुको उत्तरी ला लिबरटाडमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् । पेरु प्रहरीका अनुसार उक्त बस पहाडी राजमार्गको सडकबाट करिब ३०० मिटर तल नदीमा खसेको थियो । उक्त बस राजधानी लिमाबाट उत्तरतर्फ करिब ५५७ किलोमिटर टाढा त्रुजिलो शहर नजिक भएको हो । […]

Continue Reading

काबुल विस्फोटमा सात जनाको मृत्यु

काबुल, २७ कात्तिक । अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बुधबार बिहान ७:२५ मा सो विस्फोट भएको थियो । यस विस्फोटमा अन्य सात जना सख्त घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले ट्वीटरमार्फत जानकारी दिनु भएकोे छ । शक्तिशाली विस्फोटन भएको […]

Continue Reading

मलेशिया पुगेको दुई महिनामै मृत्यु

बेझाड, २७ कात्तिक: वैदेशिक रोजगारीका क्रममा मलेशिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ । अन्दाजी ४२ वर्षीय बयम्बुको यही कात्तिक २६ गते साँझ मलेशियामा मृत्यु भएको उनका आफन्त होम राई मगरले जानकारी दिनुभयो । काठमाडौँस्थित रिजा ओभरसिसमार्फत मलेशियाको जेराई सेक्युरिटी सर्भिसेस कम्पनीमा काम गर्न बयम्बु मलेशिया दुई महिना अघिमात्रै […]

Continue Reading

बङ्लादेशमा रेल दुर्घ’टना १५ जनाको मृ’त्यु ५८ भन्दा बढी घा’इते

ढाकाः बङ्लादेशमा दुई ओटा रेल एक आपसमा जुध्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अरु ५८ जना घाइते भएका छन् । देशको पूर्वीक्षेत्रका मङ्गलबार विहान घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । “दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ, अरु ५८ भन्दा बढी घाइते भएका छन्,” स्थानीय प्रहरी प्रमुख अनिसुर रहमदलेसँग भन्नुभयो […]

Continue Reading

अमेरिका जादै गर्दा बन्धक भएका नेपालीहरुमध्ये ६ जनाको यसरि गरियो उद्धार

काठमाडौं । दक्षिणपूर्वी अफ्रिकी राष्ट्र मलावीमा ३२ दिनदेखि बन्धक बनाइएका चार नेपालीलाई प्रहरीको मानव बेचबिखन ब्युरोले उद्धार गरेको छ । अमेरिका जाने आसमा मानव तस्करको फन्दामा परेका उनीहरू सोमबार राति काठमाडौं आइपुगेका छन । चारै जना एक वर्षअघि भारतीय एजेन्टको पछि लागेका थिए । एजेन्टले बोलिभिया हुँदै अमेरिका पुर्याउन आश्वासन दिएको थियो । शारीरिक र […]

Continue Reading

श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार

काठमाडौँ । नेपाल र बहराइनबीच भएको श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार भएको छ । नेपालका लागि बहराइनका गैरआवासीय राजदूत अब्दुल रहमान मोहम्मद अहमद अल गाउदले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग आज गर्नुभएको शिष्टाचार भेटमा नेपाली श्रमिकको हकहित र कल्याणका लागि विगतको श्रम सम्झौता परमार्जन गर्न बहराइन प्रतिबद्ध रहेको बताउनुभयो । नेपाली श्रमिक […]

Continue Reading

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफ सोमबार लण्डन जाने

इस्लामाबाद, २४ कात्तिक— केही समयदेखि सख्त बिरामी हुनुभएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि भोलि (सोमबार) लण्डन जानुहुने भएको छ । सरिफको स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले उहाँलाई बेलायत जाने अनुमति दिएको हो ।स्रोतले भनेको छ, “नवाज सरिफ नोभेम्बर ११ तारिख सोमबारका दिन लण्डन उड्नुहुने भएको छ ।” उहाँ यही नोभेम्बर २७ तारिखमा […]

Continue Reading

अमेरिका र दक्षिण कोरियाका रक्षामन्त्रीहरुको वार्ता अर्काे हप्ता

सोल, २३ कात्तिकः संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका रक्षामन्त्रीहरुबीच आगामी हप्ता दक्षिण कोरियाको राजधानी सोलमा वार्ता हुने भएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको शुक्रबार प्राप्त एक समाचारमा उल्लेख गरिएको हो । दक्षिण कोरियाका रक्षामन्त्री जोङ क्योङ डु र अमेरिकी रक्षामन्त्री मार्क एस्परबीच हुने सो वार्ता वार्षिक […]

Continue Reading