लिपुलेक र कालापानीबारे भारतसंग सिधा कुरा गर्ने हैसियत पुराना नेताहरुसंग छैन् , अब रबिले नेतृत्व लिनुपर्छ

लेखक — एचबी ताम्राकार — नेपालको गौरवशाली इतिहास छ । खुकुरी हाम्रो पहिचान हो । अब खुकुरीको दर्शन भारतलाई गराउनु पर्ने देखिएको छ । युवाहरुको शक्तिले भनिरहेका छन् , रबि आउ देश बचाउ । रबि लामिछानेदाई राजनितिमा आउनैपर्ने अवस्था देखिएको छ । देशको नेतृत्व अब नयॉं पिडीले गर्नुपर्ने देखिन्छ । सवै दलका राम्रा नेताहरुले रबि […]

Continue Reading

अनुदानमा अनियमितता भए छानबिन हुन्छः मन्त्री पौडेल

नेपालगञ्ज, ६ मङ्सिरः प्रदेश नं ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले बाँकेमा कृषिमा उपलब्ध गराइएको अनुदानमा अनियमितता भए/नभएको विषयमा छानबिन गरिने बताउनुभएको छ । अनुदानग्राही र अनुदान उपलब्ध गराउने सम्बद्ध निकायसँग छलफल गरी अनियमितताबारे छानबिन गरिने उहाँले उल्लेख गर्नुभयो । “छानबिनका क्रममा गैरकिसानले अनुदान लिएको पाइए अनुदान रकम असुल गरी सम्बद्ध व्यक्ति […]

Continue Reading

भूकम्पले भत्किएका ६२ प्रतिशत घर पुनःनिर्माण

काठमाडौँ, ६ मङ्सिर: भूकम्पले भत्किएका निजी आवासमध्ये ६२ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पुनःनिर्माणको अवस्थाका बारेमा आज आयोजना गरेको बैठकमा प्राधिकरणले चार लाख ७९ हजार ५४५ घर निर्माण सम्पन्न भएको जानकारी दिएको हो । भूकम्पले आठ लाख १६ हजार ५२२ घरमा क्षति पुगेको थियो । […]

Continue Reading

मुआब्जा विवादले सडक विस्तार प्रभावित

बेत्रावती, ६ मङ्सिरः जग्गाको मुआब्जा विवादका कारण गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तारको काम प्रभावित भएको छ । सडक विस्तारबाट अतिक्रमणमा पर्ने जग्गाको मुआब्जा विवादबारे सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि सडक विस्तारको प्रभावित बनेको हो । ‘गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना’ मार्फत भइरहेको सडक निर्माणको काम अदालतको आदेशपछि गेर्खुक्षेत्रमा गत कात्तिक २५ गतेदेखि रोकिएको छ । सर्वोच्च अदालतका […]

Continue Reading

नक्कली गरिमा धानको क्षति मूल्याङ्कन

–नारायण अधिकारी चितवन, ६ मङ्सिरः चितवनका छ र मकवानपुरका दुई पालिकामा लगाइएको नक्कली गरिमा धानको क्षति मूल्याङ्कन गरिएको छ । जग्गाको उत्पादन क्षमताको आधारमा रु १० करोड ३७ लाख २९ हजार ४८४ र उत्पादन लागतको आधारमा रु सात करोड ३६ लाख ९१ हजार ३०० बराबरको क्षति मूल्याङ्कन गरिएको छ । बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका […]

Continue Reading

सहकारीबाट जीवन बदल्दै पूर्वकम्लहरी

–रीता लामा घोराही, ६ मङ्सिरः कुनै समय अर्काको घरमा घरेलु कामदारको रुपमा काम गर्ने कम्लहरीहरु अहिले सहकारीमा सक्रिय भएर जीवन सुधारको बाटोतर्फ उन्मुख भएका छन् । अहिले कम्लहरी उद्धार गरिएका दाङ, बाँके बर्दिया, कैलाली र कञ्चनपुरमा जिल्लामा सहकारी सञ्चालन भएका छन् । हालसम्म कम्लहरी मुक्त गरिएका सबै जिल्लामा ४२ वटा सहकारी दर्ता भएर सञ्चालनमा आएका […]

Continue Reading

मोटरसाइकल चोरीमा संलग्न एक प’क्राउ

सुर्खेत, ६ मङ्सिरः प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दैलेखको चामुण्डाविन्द्रासैनी–६ का २२ वर्षीय प्रशान्त शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । प्रहरीले उहाँको साथबाट भे९प ८९६९ नंको मोटरसाइकल बरामद गरेको छ । शाहीले मङ्सिर १ गते प्रदेश अस्पताल कालागाउँमा पार्किङ गरिएको कर्णाली प्रदेश ३–०२, ०१०प ९४४० नंको […]

Continue Reading

बैतडीको झुलाघाट नाका आजदेखि बन्द

बैतडी, ६ मङ्सिरः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आज साँझ ५ बजेदेखि मङ्सिर […]

Continue Reading

निणर्य भएकै स्थानमा वडा कार्यालय बनाउन माग

कैलाली, ६ मङ्सिरः धनगढी उपमहानगरपालिका–७ का स्थानीयवासीले निर्णय भएकै स्थानमा वडा कार्यालय स्थापनाको माग गरेका छन् । स्थानीयवासी ३२४ जनाले बिहीबार धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई वडा कार्यालय निर्माण गर्ने भनी निणर्य गरिएको शिव आधारभूत विद्यालयको पूर्वपट्टिको उपलब्ध गराइएको जग्गामा भवन बनाउन मागसहित ज्ञापनपत्र बुझाएका हुन् । सोही ठाउँमा वडा कार्यालय निर्माण गर्ने भनी गत […]

Continue Reading

म्याग्दीका अधिकांश वडा कार्यालय सचिवविहीन

म्याग्दी, ६ मङ्सिरः म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन् । सचिव नहुँदा पञ्जीकरण, सेवा प्रवाह र योजना कार्यान्वयन प्रभावित भएको छ । स्थानीयवासीले समयमै सेवा पाउन सकेका छैनन् । म्याग्दीका ६ वटा स्थानीय तहमा ४५ वटा वडा छन् । १० वटा वडा रहेको बेनी नगरपालिकाबाहेक अन्य स्थानीय तहमा दरबन्दी अनुसारका वडा सचिव […]

Continue Reading

श्रममन्त्री यादवद्वारा पदबहाली

काठमाडौँ, ५ मङ्सिर: नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आज अपराह्न मन्त्रालय पुगेर पदबहाली गर्नुभएको छ । आज बिहान पद तथा गोपनीयताको शपथ लिएर अपराह्नमात्र मन्त्रालय पुग्नुभएका उहाँलाई सचिव विनोद केसीलगायत कर्मचारीले स्वागत गर्नुभएको थियो । पदबहालीलगत्तै मन्त्री यादवले एकीकृत सामाजिक सुरक्षा नीति तर्जुमाका लागि कानून मन्त्रालयको राय लिनेसम्बन्धी निर्णय सदर गर्नुभयो […]

Continue Reading

परराष्ट्रमन्त्री रुसी महासङ्घ र सर्वियाको भ्रमण गर्दै

काठमाडौँ, ५ मङ्सिर: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रुसी महासङ्घ र गणतन्त्र सर्वियाको औपचारिक भ्रमण गर्नुहुने भएको छ । यही मङ्सिर ७ गते उहाँ मस्कोतर्फ प्रस्थान गर्ने तथा ९ गते त्यहाँ रुसी महासङ्घका विदेशमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीले मङ्सिर १० गते मस्कोमा अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानमा नेपाल–रसिया सम्बन्ध तथा सहयोगबारेमा […]

Continue Reading

चितुवा मृत अवस्थामा फेला

दमौली, ४ मङ्सिर: जिल्लाको ब्यास नगरपालिका–१ मुसेखोलामा आज चितुवा मृत अवस्थामा फेला परेको छ । पृथ्वीराजमार्ग अन्तर्गत मुसेखोला नजिकैको खेतमा मृत अवस्थामा चितुवा फेला परेको हो । मृत अवस्थामा चितुवा देखेपछि स्थानीयवासीले डिभिजन वन कार्यालयमा खबर गरेका थिए । सात÷आठवर्षको भाले चितुवा चोटपटक लागेर मरेको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । […]

Continue Reading

खुम्बुमा डेनमार्ककी नागरिकको लडेरको मृ’त्यु

सोलुखुम्बु, १ मङ्सिरः खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको लडेर मृत्यु भएको छ । डेनमार्कबाट खुम्बु भ्रमणमा आएका ३५ वर्षीय पुरुष आन्ड्रेस ब्याक पेडर्सेनको शुक्रबार आइसल्याण्ड पिक आरोहण गरी फर्कने क्रममा २०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो । शवको कानूनी प्रक्रिया […]

Continue Reading

बर्दियाको पर्यटकीयस्थल बढैयातालको विस्तार गरिँदै

नेपालगञ्ज, २९ कात्तिक: बर्दियाको बढैयाताललाई पर्यटकीयस्थलका रूपमा विस्तार गर्ने काम अहिले धमाधम भइरहेको छ । त्यहाँका स्थानीय जनप्रतिनिधिहरुले पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अगाडि बढाएपछि अहिले बढैयातालको मुहार पनि फेरिँदै गएको छ । तालमा वनभोज रिसोर्ट, तालसम्म पुग्ने बाटो, खानेपानी, बिजुली बत्ती, दृश्यावलोकन स्तम्भ निर्माण भइसकेका छन् भने थप संरचना निर्माणको काम पनि योजनामा परेको […]

Continue Reading