उपनिर्वाचन २०७६ : मुलुकलाई ठीक ठाउँमा ल्याउन काँग्रेसलाई जिताउनुपर्छ – नेता कोइराला

पोखरा, ६ मङ्सिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले मुलुकलाई ठीक ठाउँमा ल्याउन काँग्रेसलाई निर्वाचनमा जिताउनुपर्ने बताउनुभएको छ । पोखरा–९ मा आज काँग्रेसद्वारा आयोजित चुनावीसभामा सरकारले चालेका कदम अलोकतान्त्रिक भएको आरोप लगाउँदै नेता कोइरालाले संविधान, प्रेस स्वतन्त्रता, समावेशीता, गणतन्त्र र सङ्घीयता मास्न सरकार उद्धत रहेको उल्लेख गर्नुभयो ।विकास निर्माणबारे नेता कोइरालाले भन्नुभयो, “कास्की क्षेत्र […]

Continue Reading

लिपुलेक र कालापानीबारे भारतसंग सिधा कुरा गर्ने हैसियत पुराना नेताहरुसंग छैन् , अब रबिले नेतृत्व लिनुपर्छ

लेखक — एचबी ताम्राकार — नेपालको गौरवशाली इतिहास छ । खुकुरी हाम्रो पहिचान हो । अब खुकुरीको दर्शन भारतलाई गराउनु पर्ने देखिएको छ । युवाहरुको शक्तिले भनिरहेका छन् , रबि आउ देश बचाउ । रबि लामिछानेदाई राजनितिमा आउनैपर्ने अवस्था देखिएको छ । देशको नेतृत्व अब नयॉं पिडीले गर्नुपर्ने देखिन्छ । सवै दलका राम्रा नेताहरुले रबि […]

Continue Reading

अनुदानमा अनियमितता भए छानबिन हुन्छः मन्त्री पौडेल

नेपालगञ्ज, ६ मङ्सिरः प्रदेश नं ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले बाँकेमा कृषिमा उपलब्ध गराइएको अनुदानमा अनियमितता भए/नभएको विषयमा छानबिन गरिने बताउनुभएको छ । अनुदानग्राही र अनुदान उपलब्ध गराउने सम्बद्ध निकायसँग छलफल गरी अनियमितताबारे छानबिन गरिने उहाँले उल्लेख गर्नुभयो । “छानबिनका क्रममा गैरकिसानले अनुदान लिएको पाइए अनुदान रकम असुल गरी सम्बद्ध व्यक्ति […]

Continue Reading

उपनिर्वाचन २०७६ : अब जनतालाई ढाँटेर नेता बन्न सकिँदैन – नेत्री भट्टराई

चिप्लेढुङ्गा, ६ मङ्सिर: कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि चुनावी मैदानमा उत्रनुभएका नेकपा उम्मेदवार विद्या भट्टराईले अब जनतालाई ढाँटेर र भ्रमको खेती गरेर नेता बन्न नसकिने बताउनुभएको छ । विज्ञान र प्रविधिको विकासले हरेक काम तत्काल सबैलाई थाहा हुने भएकाले अब जो कोही पनि जनतालाई ढाँटेर र भ्रमको खेती गरेर नेता बन्न नसक्ने […]

Continue Reading

जिएमआर सम्झौतामै अल्झिँदा अघि बढ्यो अरुण तेस्रो

–रमेश लम्साल काठमाडौँ, ६ मङ्सिरः भारतको निजी क्षेत्रको कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले जिम्मा लिएको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको काम शुरु हुन नसकेको बेला सतलज विद्युत् निगमले जिम्मा लिएको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रगति भने आशातीत रुपमा राम्रो देखिएको छ । कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको हालसम्म २४ प्रतिशत भौतिक प्रगति भएको […]

Continue Reading

पैँतीस दिनभित्र अन्तर्राष्ट्रिय अदालत जानुपर्छ : बिजुक्छे

मध्यपुरथिमि, ६ मङ्सिर: नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ३५ दिनभित्र अन्तर्राष्ट्रिय अदालतमा नगए भारतले मिचेको सीमाका विषय जटिल बन्ने बताउनुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बिजुक्छेले सरकारले सीमा अतिक्रमण बारेको मुद्दालाई बेलैमा अन्तर्राष्ट्रिय अदालत र सुंयक्त राष्ट्र सङ्घमा लैजान नसकेको भन्दै ३५ दिनभित्र सरकारले यो विषय उक्त स्थानमा […]

Continue Reading

ढाड तथा घुँडाको निःशुल्क शिविर

काठमाडौँ, ६ मङ्सिरः ओम बहालमा असिमेद फाउन्डेशन र नःबहि समाजले संयुक्तरुपमा आयोजना गरेको ढाड तथा घुँडासम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । शिविरमा २०० जनाको निःशुल्क उपचार तथा परामर्श सेवा दिइएको फाउन्डेशनका प्रमुख डा कुश श्रेष्ठले जानकारी दिनुभयो । अष्ट्रेलियाको विभिन्न अस्पतालमा काम गर्ने वरिष्ठ चिकित्सक, फिजियोथेरापिस्ट र नर्सको टोलीले स्वास्थ्य शिविरमा निःशुल्क परामर्श सेवा […]

Continue Reading

भूकम्पले भत्किएका ६२ प्रतिशत घर पुनःनिर्माण

काठमाडौँ, ६ मङ्सिर: भूकम्पले भत्किएका निजी आवासमध्ये ६२ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पुनःनिर्माणको अवस्थाका बारेमा आज आयोजना गरेको बैठकमा प्राधिकरणले चार लाख ७९ हजार ५४५ घर निर्माण सम्पन्न भएको जानकारी दिएको हो । भूकम्पले आठ लाख १६ हजार ५२२ घरमा क्षति पुगेको थियो । […]

Continue Reading

मुआब्जा विवादले सडक विस्तार प्रभावित

बेत्रावती, ६ मङ्सिरः जग्गाको मुआब्जा विवादका कारण गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तारको काम प्रभावित भएको छ । सडक विस्तारबाट अतिक्रमणमा पर्ने जग्गाको मुआब्जा विवादबारे सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि सडक विस्तारको प्रभावित बनेको हो । ‘गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना’ मार्फत भइरहेको सडक निर्माणको काम अदालतको आदेशपछि गेर्खुक्षेत्रमा गत कात्तिक २५ गतेदेखि रोकिएको छ । सर्वोच्च अदालतका […]

Continue Reading

पढाइ पूरा नभई वार्षिक परीक्षामा सहभागी

सिञ्जा, ६ मङ्सिर: पढाइ पूरा नहुँदै जुम्लाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी वार्षिक परीक्षामा सहभागी हुने गरेका छन् । जुम्लामा रहेका अधिकांश विद्यालयमा पढाइ नसकिँदै विद्यार्थीले वार्षिक परीक्षा दिनुपर्ने बाध्यता रहेको छ । समयमै पाठ्यपुस्तक नपुग्नु र पुगे पनि नियमित शिक्षक विद्यालयमा अनुपस्थित हुने गरेका कारण विद्यार्थीले पढाइ पूरा नहुँदै परीक्षा दिनुपर्ने बाध्यता रहेको हो […]

Continue Reading

ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायीको इजाजत खारेज हुँदै

काठमाडौँ, ६ मङ्सिर: के तपाइँले बजारमा खाना पकाउने ग्यास सम्बन्धित डिपोबाट सहजै प्राप्त गर्न सक्नुभएको छैन ? कुन कम्पनीको ग्यास कुन डिपोबाट उपलब्ध हुन नसकेको हो ? त्यसका बारेमा अब नेपाल आयल निगमलाई जानकारी गराउनुहोस्, निगमले डिपो र कम्पनी दुवैलाई कानूनी कारवाही गरी इजाजतसमेत खारेज गर्न सक्छ । बजारमा एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी […]

Continue Reading

बज्राचार्य अवार्डस् पुस १२ मा हुने

काठमाडौँ, ७ मङ्सिरः बज्राचार्य क्लबले आगामी पुस १२ गते वल्र्ड बज्राचार्य अवार्डस् २०१९ कार्यक्रम गर्ने भएको छ । क्लबले आज यहाँ पत्रकार सम्मेलन गरी नेपाल प्रज्ञा प्रतिष्ठानमा साङ्गीतिक/साँस्कृतिक प्रस्तुतिबीच गरिने यस कार्यक्रममा विश्वभरका कुनै पनि विद्यालय, विश्वविद्यालयबाट एस इ इ देखि पी एच डी वा सो सरह उत्तीर्ण गरेका बज्राचार्य कुलपुत्र, कुलपुत्री, कुलवधुहरुलाई पुरस्कृत गरिने […]

Continue Reading

प्रदेशका हरेक घर अभावरहित हुनुपर्छः मुख्यमन्त्री पौडेल

हेटौँडा, ६ मङ्सिरः प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका हरेक घर अभावरहित हुनुपर्ने बताउनुभएको छ । उहाँले नागरिकलाई खुशी बनाई समृद्धिको यात्रा तय गरिने उल्लेख गर्नुभयो । मकवानपुरको भीमफेदी गाउँपालिकाको कोगटे–इपा क्षेत्रको अनुगमन भ्रमणपछि स्थानीयवासीसँग आज कुरा गर्दै मुख्यमन्त्री पौडेलले सरकार हरेक नेपालीको मुहारमा मुस्कान ल्याउन उद्यत रहेको बताउनुभयो । उहाँले प्रदेशका हरेक […]

Continue Reading

नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने छः प्रधानमन्त्री ओली

काभ्रेपलाञ्चोक, ६ मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओलीले अब छोटो समयभित्र नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालय (केयू)का कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज धुलिखेलमा केयूको २५औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै अरुले बनाइदिने नभई नेपालीले नै नेपाल बनाउने स्पष्ट गर्नुभयोे । प्रधानमन्त्री ओलीले देशको भविष्य उज्ज्वल रहेको बताउँदै भन्नुभयो, “हामीसँग सफल […]

Continue Reading

जनचेतनाका लागि पुतली नाटक

विक्रम संवत् २०७८ भित्र बालविवाह,बालश्रम अन्त्य गर्ने लक्ष्य लिएको कुशे गाउँपालिकाले सवै वडाका बालबालिका, जनप्रतिनिधिलाई सहभागी गराएर जनचेतनाका लागि प्रशासकीय केन्द्र भार्मामा पुतली नाटक अवलोकन गराउँदै । तस्वीर: हेमन्त केसी

Continue Reading