देश बेच्ने नेतालाई जुत्ताको माला लाउन भन्दै इन्द्रेणीका कृष्ण कडेंल गर्जिए ! स्टेजमै मन्त्रीलाई यस्तो गरे (भिडियो हेर्नुस)

भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो । जम्मू–कश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो ।

भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र मि नक्साभित्र समेटेको छ । यसैबिच चर्चित कार्यक्रम इन्द्रेणीका सँचालक कृष्ण कडेंलले देशको सिमा बेच्ने नेतालाई जुत्तााको माला र कालो मोसो दल्नुपर्ने बताएका छन् । उनले महिला मन्त्रीलाई स्टेजमै यस्तो चेतावनी दिए, भिडियो हेर्नुस…

Facebook Comments