‘महाभारत’ पछि दिपिकाले अर्को फिल्म ‘अरुन्धती’ को हिन्दी रिमेकमा काम गर्दै

एजेन्सी । बलिउड अभिनेत्री दिपिका पादुकोण अब अर्को चलचित्रमा अभिनय गर्ने भएकी छिन् । उनले चलचित्र ‘महाभारत’ पछि अर्को नयाँ चलचित्रमा साइन गरिसकेकी छिन् ।

अब उनले नायिका अनुष्का शेट्टीको तेलुगू भाषामा बनेको फिल्म ‘अरुन्धती’मा काम गर्ने पक्का भएकी छिन् । उनले पहिलो पटक हरर फिल्ममा काम गर्न लागेकी हुन् ।

भारतिय मिडियाका अनुसार दिपिका पादुकोणले यस चलचित्रमा मुख्य भुमिकामा अभिनय गर्ने बताइएको छ । हालै भन रणवीर सिंह र दिपिका फिल्म ‘८३’को छायाकंनमा ब्यस्थ रहेका छन् ।

Facebook Comments