शनिबार, माघ ३, २०७७ | Saturday 16th January 2021
  • होमपेज
  • रु दुई हजार ३०० ले ओरालो लाग्यो सुनको मूल्य
अर्थ/वाणिज्य

रु दुई हजार ३०० ले ओरालो लाग्यो सुनको मूल्य

काठमाडौँ, २६ पुसः स्थानीय बजारमा आज सुनको मूल्यमा ठूलो अङ्कले ह्रास आएको छ । सुनको मूल्यमा प्रतितोला रु दुई हजार ३०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला रु ९३ हजार छ । प्रतितोला रु ९५ हजार ३०० मा शुक्रबार कारोवार भएको छापावाला सुन आज प्रतितोला रु दुई हजार ३०० ले ओरालो लागेर रु ९३ हजार कायम भएको छ ।

यस्तै तेजाबी सुन आजका लागि प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । प्रतितोला रु ९४ हजार ८०० मा शुक्रबार कारोवार भएको थियो । तेजाबी सुन शुक्रबारका तुलनामा आज रु दुई हजार ३०० ले नै ओरालो लागेको हो ।

यस्तै चाँदीको मूल्य प्रतितोला रु एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदी प्रतितोला शुक्रबार रु एक हजार ३३० मा कारोवार भएको थियो । चाँदी तोलामा रु ६० ले घटेको हो । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार