शनिबार, माघ ३, २०७७ | Saturday 16th January 2021
  • होमपेज
  • ताप्लेजुङ पाथीभरा क्षेत्रका सामुदायिक वनमा आगलागी
समाचार

ताप्लेजुङ पाथीभरा क्षेत्रका सामुदायिक वनमा आगलागी

ताप्लेजुङ, ११ पुसः प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रका सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । फुङलिङ नगरपालिकास्थित फावाखोलामा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि आगलागी भइरहेको छ ।

आगो नियन्त्रणका लागि आज बिहान सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली सोही क्षेत्रमा गएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिनुभयो । यस्तै पाथीभरा क्षेत्रका स्थानीयवासीसमेत आगो नियन्त्रणका लागि आगलागी क्षेत्रमा गएका बताइएको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार