शनिबार, फाल्गुन १५, २०७७ | Saturday 27th February 2021
  • होमपेज
  • आज थप ७४२ जनामा कोरोना सङ्क्रमण
स्वास्थ्य

आज थप ७४२ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, ६ पुसः पछिल्लो २४ घण्टामा थप ७४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३५१ जनाको परीक्षण गर्दा ४४८ पुरुष र २९४ महिला गरी कूल ७४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ५४ हजार ५१४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा एक हजार ७९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ४४ हजार ७४३ पुगेको छ । हालसम्म नेपालमा सात हजार ९७६ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँमा २३५, ललितपुरमा ५५ र भक्तपुरमा २१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण नेपालमा सात जनाको मृत्यु भएको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार