शनिबार, माघ ३, २०७७ | Saturday 16th January 2021
  • होमपेज
  • टेनिस खेलाडीका परिवारलाई १२ लाख ८० हजार सहयोग
खेलकुद

टेनिस खेलाडीका परिवारलाई १२ लाख ८० हजार सहयोग

कास्कीः कास्की जिल्ला टेनिस सङ्घले टेनिस खेलाडी स्व सुरज नगरकोटीका परिवारलाई रु १२ लाख ८० हजार आर्थिक सहयोग प्रदान गरेको छ । नेपाल टेनिस सङ्घका केन्द्रीय उपाध्यक्ष एवं जिल्ला टेनिस सङ्घका निवर्तमान अध्यक्ष विनोद कायस्थले आज पोखरामा आयोजित कार्यक्रममा सो सहयोग रकम नगरकोटीका श्रीमती बबितालाई हस्तान्तरण गर्नुभएको हो ।

सहयोग रकममध्ये रु आठ लाख स्व नगरकोटीका दुई वर्षीया छोरी शाकुराको अध्ययनलगायत अन्य खर्चका लागि बालिकाको नाममा बैंकको मुद्धति खातामा राखिएको छ ।

बाँकी रु एक लाख ५० हजार श्रीमती र रु एक लाख ५० हजार बुबा/आमा तथा बाँकी रकम किरिया खर्चका लागि प्रदान गरिएको सङ्घका कोषाध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो । सङ्घका केन्द्रीय उपाध्यक्ष कायस्थले परिश्रमी र गौरव गर्न लायक खेलाडी गुमाउँदा दुःख लागेको बताउँदै स्व नगरकोटीको छोरीलाई निःशुल्क अध्ययन अध्यापन गर्न सङ्घले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानकोट घर भएका स्व नगरकोटी पाँच वर्ष अघिदेखि पोखरामा रहेर टेनिस खेल तथा प्रशिक्षणमा आबद्ध हुनुहुन्थ्यो । गत असोज २२ गते फेवातालमा पौडी खेल्ने क्रममा डुबेर नगरकोटीको निधन भएको थियो । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार