मंगलबार, कार्तिक ४, २०७७ | Tuesday 20th October 2020
  • होमपेज
  • नारायणी नदीमा गैंडा मृत फेला
विविध

नारायणी नदीमा गैंडा मृत फेला

भरतपुर, २२ असोज: नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ । चितवन रािष्ट्रय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो । डुङ्गा गस्ती टोलीले बुधबार अपराह्न अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा फेला पारेको उहाँले बताउनुभयो ।

निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुबेको अवस्थमा फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको रामले बताउनुभयो । पछिल्लो एक सातामा चितवन राष्ट्रिय निकुञ्जमा तीन वटा गैंडा मृत भेटिएका छन् । यो आर्थिक वर्षमा ८ वटा गैंडा मृत भेटिएका छन् । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

भर्खरै