मंगलबार, मंसिर ९, २०७७ | Tuesday 24th November 2020
  • होमपेज
  • चितवनमा कोरोना संक्रमित ९२ वर्षीय वृद्धको मृत्यु
स्वास्थ्य

चितवनमा कोरोना संक्रमित ९२ वर्षीय वृद्धको मृत्यु

भरतपुर, २२ असोजः चितवनमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका १ का ९२ वर्षीयको कोरोनाबाट मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले ती वृद्धको आज अपराह्न २ः१३ बजे मृत्यु भएको जानकारी दिनुभयो ।

उनमा दुई दिनअघि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । लामो समयदेखि दम तथा उच्च रक्तचापको समस्या रहेको उनमा पछिल्लो समय खोकी र श्वासप्रश्वास देखिएपछि मंगलबार बेलुका ७ बजे अस्पताल भर्ना गराइएको थियो । उनको कोभिड आइसियुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार