मंगलबार, मंसिर ९, २०७७ | Tuesday 24th November 2020
  • होमपेज
  • नेपालगञ्जमा कोरोना सङ्क्रमित ३५ वर्षीया महिलाको निधन, ३६ जना कोरोना सङ्क्रमित निको भइ घर फर्किए
स्वास्थ्य

नेपालगञ्जमा कोरोना सङ्क्रमित ३५ वर्षीया महिलाको निधन, ३६ जना कोरोना सङ्क्रमित निको भइ घर फर्किए

नेपालगञ्ज, २१ असोजः नेपालगञ्जमा हिजो एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । यहाँको भेरी अस्पतालमा उपचारका क्रममा दाङको घोराही उपमहानगरपालिका—१५ की ३५ वर्षीया महिलाको हिजो दिउँसो ३ बजे मृत्यु भएको स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, महिलाको दुबैतिरको फोक्सोमा कडा निमोनिया भएको थियो । असोज १८ गते नेपालगन्ज मेडिकल कलेजमा कोरोना पुष्टि भएपछि त्यसै दिन उनलाई भेरी अस्पतालको कोरोना सेन्टरमा भर्ना गरिएको थियो ।

यो सँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएकामध्ये १० जना कारोना सङ्क्रमितको मृत्यु भएको छ । यसैबीच, बाँकेमा हिजो ३६ जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन् । निको हुनेमा ११ महिला र २५ पुरुष छन् । योसँगै बाँकेमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या एक हजार ७०९ पुगेको श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार