मंगलबार, कार्तिक ११, २०७७ | Tuesday 27th October 2020
  • होमपेज
  • नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
समाचार

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन, ८ असोज: नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । आज अपराह्न १२,५ बजे पहिरो पन्छाइएको हो । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा बुधबार राति ९,२० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो ।

जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो स्थानमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको हो । सोही सडकखण्डको पाँच किलोमा सडक एकतर्फी सञ्चालनमा रहेको छ । उता पृथ्वी राजमार्गको कुरिनटारमा पनि एकतर्फी सवारी साधन सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो ।केही दिनयताको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गका ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ ।(रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार