मंगलबार, कार्तिक ११, २०७७ | Tuesday 27th October 2020
  • होमपेज
  • प्रदेश २ मा कोरोना सङ्क्रमित घट्न थाले
प्रदेश २

प्रदेश २ मा कोरोना सङ्क्रमित घट्न थाले

धनुषा, ८ असोज: प्रदेश २ मा कोरोना सङ्क्रमितको संख्या घट्न थालेको छ ।  प्रदेश २ मा ३७ जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित निर्देशक विजयकुमार झाले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणबाट आज ९ महिला र २८ पुरुष गरी ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँले थप ३७ सहित प्रदेश २ मा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १३ हजार १०८ पुगेको र सक्रिय सङ्क्रमित पाँच हजार ८०३ रहेको बताउनुभयो । झाले थपिएकामा सिरहामा ६, धनुषामा एक, सर्लाही र सप्तरीमा १५ ÷ १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।

उहाँले आज कोरोना भाइरसका कारण प्रदेश नं.२ मा सिरहाको औरही गाँउपालिका वडा नं.३ का एक ५० वर्षीय पुरुषको मृत्यु भएको बताउनुभयो । योसँगै प्रदेश २मा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक सय २३ पुगेको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार