मंगलबार, मंसिर ९, २०७७ | Tuesday 24th November 2020
  • होमपेज
  • डाक्टर भोला रिजाल दम्पत्तीले कारोनालाई जित्न २१ दिन लाग्यो
स्वास्थ्य

डाक्टर भोला रिजाल दम्पत्तीले कारोनालाई जित्न २१ दिन लाग्यो

काठमाडौँ । बरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजालले कारोनालाई जितेर घर फर्किएका छन् । कोरोना संक्रमणको पुष्टि भएपछि राजधानीको हेम्स अस्पताल भर्ना भएका डा रिजाल र उनकी पत्नी सरला अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

डाक्टर रिजाल दम्पती २१ दिनको अस्पताल बसाइपछि आज घर फर्किएका हुन् । अस्पतालबाट फर्किने क्रममा संचारकर्मीसँग कुराकानी गर्दै डाक्टर रिजालले अस्पताल बसाइमा सरलामा केही दिन समस्या देखिए पनि आफ्नो अवस्था सामान्य नै रहेको प्रतिक्रिया दिएका छन् ।

उनकी पत्नि सरलालाई भने केही दिन कृत्रिम अक्सिजन र रेम्डेसिभिर औषधि दिनु परेको डा रिजालले जानकारी दिए । २१ दिन ह्याम्स हस्पिटलको बसाईलाई टुंग्याएर घर फर्केपछि डा रिजालले कोरोनालाई हेलचेक्रय्राइँ नर्गन सुझाव दिएका छन् ।

अस्पतालमा उनले गुर्जोपानी, बेसारपानी, मसला पानी, चियाकफी एउटाले बनायो अर्कोले खायो, पालैपालो गरेर दिनभरिमा कम्तिमा पनि १०—१२ पल्ट खाएको अनुभव सुनाएका छन् । उनले अस्पतालमा दिनमा दुईपल्ट वाफ लिने गरेको पनि बताएका डा रिजालले भने नेपालमा कोरोना छिटै घट्ने देखिँदैन धेरै शर्तक रहन आवश्यक रहेको छ ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार