बुधबार, कार्तिक १२, २०७७ | Wednesday 28th October 2020
  • होमपेज
  • इन्फिनिक्सले उत्कृष्ट फोटोग्राफी र वीडियोग्राफी क्षमता भएको Note 7 Series 6/128 GB नेपालमा भित्रायो
सूचना/प्रबिधि

इन्फिनिक्सले उत्कृष्ट फोटोग्राफी र वीडियोग्राफी क्षमता भएको Note 7 Series 6/128 GB नेपालमा भित्रायो

काठमाडौं : इन्फिनिक्सले हालसालै नयाँ नोट ७ सिरिज बजारमा ल्याएको छ । बजारबाट सकारात्मक प्रतिक्रिया पाएको यस फोनको बिक्री र ग्राहक सन्तुष्टीले उल्लेखनिय प्रतिफल प्राप्त गरेको विश्वास लिइएको छ । यसैलाई मध्यनजर गर्दै अझ विविध विशेषता सहितको नोट ७ को अको संस्करण (६ जिबी र १२८ जिबी) लाइ निकैनै प्रतिस्पर्धात्मक मुल्य रु २३,९०० मा बजारमा भित्राएको छ । इन्फिनिक्सका लागि नेपालको वितरक ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडले यस फोन Forest, Greenर Bolivia Blue कलर सहित रिफ्लेक्टिभ ग्लासमा उपलब्ध रहेको जानकारी दिएको छ ।

लामो समयको प्रतिक्षा पश्चात् इन्फिनिक्सको नोट ७ अन्तत्बजारमा भित्रिएको छ । मोबाइल फोटोग्राफीमा आफ्नो छुट्टै इतिहास कायम गरिसकेको इन्फिनिक्सको यस फोनको प्रतिक्षाको मुख्य कारक पनि यस फोनको क्यामरा हो । यस इन्फिनिक्स नोट ७ मा ४८ MP quad Low-light क्यामरा रहेको छ । समय र यसको माग अनुरुप इन्फिनिक्सले आफनो फोनको क्यामरा र भिडियोलाइ परिमार्जित गरि अझ स्तरिय बनाएको छ । उच्चस्तरिय क्यामराको साथै यस फोनमा High speed helio G70 processor, 5000mAh ठुलो ब्याटरी सहित infinity O display भएकोले तपाइको तस्बीरलाई अझ सुन्दर बनाउदछ ।

बहुमुखी ४८ mega pixel quad camera र लो लाइट क्यामरा टेक्नोलोजी भएकोले नै यो फोन बिक्रीको मुख्य कारण रहेको जनाइएको छ । यसका साथै यसमा रहेको अन्य विविध विशेषताल पनि यस फोनलाइ यसको प्रतिस्पर्दी माझ अग्रपंत्तीमा राखेको छ । यस फोनमा रहेको बहुमुखी क्यामराको विशेषताले यस फोनलाइ जस्तोसुकै लाइट अवस्थामा पनि उच्च प्रतिफल दिने छ भने साथसाथै यसमा रहेको क्वाड क्यामरा र विविध सेन्सरले ग्राहकलाइ उच्च प्रतिफल प्राप्त गर्ने विश्वास लिइएको छ ।

इन्फिनिक्स नोट ७ प्रतिको माग र आवश्यकत्ता ग्राहककहरुका रुचाइ प्रति कम्पनीले आभार प्रकट गरेको छ । कम्पनीको अनुरुप आउने दिनहरुमा सेवालाई अझ प्राथमिक्ता दिई ग्राहकहरुलाइ विश्वस्नीय सेवा दिन कुनै कसर नछोड्ने जानकारी दिएको छ । विविध उच्चस्तरिय सेवा उपलब्ध यस फोनमा ग्राहकहरुले कुनै सम्झौता बिना थोरै मुल्यमा धरै सुबिधा प्राप्त गर्ने छन् ।

फोटोग्राफीमा विशेष रुची भएका ग्राहकहरुका लागि यस फोनले सोचेभन्दा बढी प्रतिफल दिने विश्वास लिइएको छ । युवा पिँडीलाई लक्षित गरि सन् २०१३ मा आरन्भ भएको इन्फिनिक्स मोबाईल एक प्रीमियम अनलाइन ड्रिभन स्मार्टफोन ब्रान्ड हो । फिईउचर इज नाँउ’ भन्ने ब्रान्डको सारका साथ इन्फिनिक्सले उपभोक्ताहरूलाई भिडमा सबैभन्दा पृथक रहन र संसारलाई आफ्नो पहिचान दिन सक्ने बनाउन लक्ष्य लिएको छ ।

इन्फिनिक्सले सबैभन्दा नवीनतम प्रविधि र स्टाइलिश डिजाइन दिन तथा उपभोक्ताहरूले अपनाईरहेको ट्रेंडलाई आत्मसात गर्न प्रतिबद्द छ । इन्फिनिक्सले उपभोक्ताहरूलाई नवीनतम प्रविधिलाई अपनाउन र आनन्द जीवनशैलीको अनुभव गर्न सशक्त बनाउन ZERO, NOTE, HOT, S, and SMART गरी ५ वटा प्रडक्टहरू बजारमा ल्याएको छ । ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडका बारे ओला इलेक्ट्रोनिक्स नेपालको ग्याजेट र मोबिलिटी इकोसिस्टमको दुनियाँमा एक अग्रनी स्थानमा रहेको कम्पनी हो। नयाँ प्रविधि सस्तो मूल्यमा नेपाली बजारमा ल्याउनु नै यस कम्पनीको मुख्य लक्ष्य हो ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार