शुक्रबार, अशोज ९, २०७७ | Friday 25th September 2020
  • होमपेज
  • चट्याङ लागेर १३ वर्षीया बालिकाको मृत्यु
समाज

चट्याङ लागेर १३ वर्षीया बालिकाको मृत्यु

इनरुवा, ३१ भदौ: सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

खेतमा माछा मार्न गएको बेला पानीसँगै एक्कासि परेको चट्याङले सुष्मा गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार