शुक्रबार, अशोज ९, २०७७ | Friday 25th September 2020
  • होमपेज
  • नेपाल आइडलका निर्माता सुरेश पौडेलले जिते कोरोनालाई
स्वास्थ्य

नेपाल आइडलका निर्माता सुरेश पौडेलले जिते कोरोनालाई

काठमाडौं । नेपाल आइडलका निर्माता सुरेश पौडेलले कोरोनालाई जितेका छन् । नेपाल आइडल सिजन ३ को ग्रान्ड फिनाले सोही कार्यक्रमका केही व्यक्तिमा कोरोना संक्रमण देखिएपछि लाइभ घोषणा हुनै लागेको बेला निर्माता पौडेललाई संक्रमण भएको रिर्पोट आए लगत्तै कार्यक्रम तनावपूर्ण वातावरणमा टुंग्याइएको थियो ।

आज कोरोनालाई जिते लगत्तै सामाजिक संजाल मार्फत जानकारी दिँदै निर्माता पौडेलले भनेका लेखेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै
‘अन्ततः करोनामुक्त भएको अवस्था । नेपाल आइडल सिजन थ्रीको समाप्तिसँगै संक्रमित भएको थिएँ । शारिरीक भन्दा पनि मानसिक तनाव चाहिँ निकै महसुस भयो । खास गरि कोठामा धुम्धुम्ती एक्लै पुरै १५ दिन बस्दा निकै दिक्क लाग्दो रहेछ । सबै आफन्त, शुभेच्छुक एवं स्टार हस्पिटललाई धेरै धन्यवाद अनि आभार’ ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार