शुक्रबार, अशोज ९, २०७७ | Friday 25th September 2020
  • होमपेज
  • गण्डकीमा ४४ कोरोना सङ्क्रमित थपिए
स्वास्थ्य

गण्डकीमा ४४ कोरोना सङ्क्रमित थपिए

गण्डकी, २९ भदौः गण्डकी प्रदेशमा ४४ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिनेमा कास्कीको पोखरा महानगरपालिकाकाका ३४, रुपा गाउँपालिकाका चार, तनहुँको शुक्लागण्डकीका छ,

लमजुङको मध्य नेपाल नगरपालिकाका तीन र स्याङ्जाको पुतलीबजार नगरपालिकाका एक जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । यससँगै यो प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ६४ पुगेको निर्देशनालयले जनाएको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार