बिहीबार, मंसिर ११, २०७७ | Thursday 26th November 2020
  • होमपेज
  • निशान भट्टराईको मर्म स्पशी गीत ‘मेरो जीन्दगी’ सार्वजनिक
मनोरञ्जन

निशान भट्टराईको मर्म स्पशी गीत ‘मेरो जीन्दगी’ सार्वजनिक

काठमाडौं । अति नै मर्मस्पर्शी, वास्तबिक घट्नामा आधारित गीतको भिडियो सार्वजनिक भएको छ । बैतडीका महेश अवस्थीका छोरा शिवाशं जन्मेको दुई महिनामै कलेजो फेर्नु परेपछि बुवाले कलेजो दान गरेका थिए । तिनै महान बुवाको वास्तविक घट्नामा आधारित गीत ‘मेरो जिन्दगी…’ सार्वजनिक भएको हो ।

अहिले सिवाशंको स्वास्थ्यमा सुधार भइरहेको छ, कलाकारहरूले गीतबाट आउने रोयल्टी शिवाशंको लागि सहयोग गर्ने निर्णय गरेका छन् । कमला सुवेदी सापकाटाको शब्द, महाराज थापाको संगीत संयोजन,निशान भट्टराईको स्वर, युवराज वाईबाको निर्देशन रहेको भिडियोमा निर्मल न्यौपाले र रेखा घिमिरेको जिवन्त अभिनय रहेको छ ।

बाल कलाकारमा रिदम तामाङ रहेका छन् भने भिडियो राज पाखरेलले खिचेका हुन् । भिडियो हेरेर शेयर गरी अबोध बालकको सहयोग गरिदिन बुवा महेश अवस्थीले सबैमा अनुरोध गरेका छन् ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार