बिहीबार, मंसिर ११, २०७७ | Thursday 26th November 2020
  • होमपेज
  • आइटम डान्सबाट लोकप्रिय कमाएकी नायिका मलाइका सँगै अर्जुन कपुरलाई पनि लाग्यो कोरोना
मनोरञ्जन

आइटम डान्सबाट लोकप्रिय कमाएकी नायिका मलाइका सँगै अर्जुन कपुरलाई पनि लाग्यो कोरोना

काठमाडौँ । लोकप्रिय नायिका मलाइका अरोरालाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ । मलाइकालाई कोरोना लागेको जानकारी उनकी बहिनी अमृताले दिइन् । मलाइकालाई अहिलेसम्म कोरोनाको कुनै लक्षण भने देखिएको छैन । कोरोना संक्रमणको पुष्टि भएसँगै मलाइका होम आइसोलेसनमा बसेकी छिन् ।

त्यस्तै चर्चित नायक अर्जुन कपुरलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भए लगत्तै नायक अर्जुनले सामाजिक सञ्जालमार्फत आँफुमा संक्रमणको पुष्टि भएको जानकारी गराएका छन् । निखिल आडवाणीको ब्यानरमा बनेको फिल्मको सुटिङका क्रममा विभिन्न स्थालमा हिँडिरहेका अर्जुनलाई लक्षण भने नदेखिएको बताइएको छ ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार