शुक्रबार, अशोज ९, २०७७ | Friday 25th September 2020
  • होमपेज
  • कर्णालीमा नौ फरार प्रतिवादी पक्राउ
समाचार

कर्णालीमा नौ फरार प्रतिवादी पक्राउ

कर्णाली, ९ भदौ: कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्ला प्रहरी कार्यालयको सहयोगमा नौ फरार अपराधी पक्राउ गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत निर्देशनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले लिखित बेइज्जतीमा रु तीन हजार जरिवानासहित एक र जिल्ला प्रहरी कार्यालय कालीकोटबाट चौपाया चोरी मुद्दाका एक जनालाई रु ६४ हजारसहित पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा जबर्जस्ती करणी र लुटपिट मुद्दाका एकएक र हातहतियार खरखजाना मुद्दाका दुई जना पक्राउ गरी सम्बन्धित अदालतमा बुझाइएको प्रहरी बरिष्ठ उपरीक्षक बाँस्तोलाले बताउनुभयो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय मुगुले अभद्र व्यवहार मुद्दाका दुई जनालाई पक्राउ गरी अदालतमा बुझाएको छ । यो अभियान निरन्तर अघि बढिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार