शुक्रबार, अशोज ९, २०७७ | Friday 25th September 2020
  • होमपेज
  • हुम्लाका १२८ वटै पिसिआर रिपोर्ट नेगेटिभ
समाचार

हुम्लाका १२८ वटै पिसिआर रिपोर्ट नेगेटिभ

सिमकोट, ७ भदौ: कोरोना सङ्क्रमणको पछिल्लो अवस्था बुझ्नका लागि जिल्लामा पछिल्लोपटक सङ्कलन गरिएका स्वाबको नमूना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।यही भदौ १ गते जिल्लाका विभिन्न क्षेत्रका १२८ स्वाबको नमूना सङ्कलन गरिएको थियो । ती सबै नमूनाको परीक्षण नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका डा टसी लामाले जानकारी दिनुभयो । भदौ २ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको पिसीआर परीक्षणको नतिजा नेगेटिभ आएको हो ।

पछिल्लो समय देशका विभिन्न क्षेत्रमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अनपेक्षितरूपमा बढेपछि बढी जनसम्पर्कमा आउने कार्यालय, वित्तीय संस्था, शैक्षिक संस्था, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको प्रतिनिधित्व हुने गरेर पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।

अहिलेसम्म जिल्लामा कोरोना पोजेटिभ नदेखिएको हुम्लामा पछिल्लो समयमा गरिएको पिसीआर परीक्षणले समेत ग्रिनजोनकै रूपमा रहेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र हुम्लाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिनुभयो ।

सिमकोट गाउँपालिका र जिल्ला अस्पताल हुम्लामा मौज्दात रहेको पिसीआर किटका आधारमा गरिएको १२८ जनाको नतिजा नेगेटिभ आउनुले हुम्ला ग्रिनजोनकै रूपमा रहेको बताउनुभयो । हवाई तथा स्थलमार्ग भएर जिल्लामा आउने यात्रुलाई सरकारले तोकेको मपदण्ड अनुसार क्वारेन्टिनमा राखेर आवश्यक सावधानी अपनाएको खण्डमा जिल्लालाई ग्रिनजोनकै रुपमा राख्न सकिने दाबी प्रजिअ गिरीले जानकारी दिनुभयो । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार