शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
  • होमपेज
  • नेपालमा थप २७४ जनामा कोरोना सङ्क्रमण, उपत्यकामा थप ४५ सङ्क्रमित पुष्टि
Breaking News

नेपालमा थप २७४ जनामा कोरोना सङ्क्रमण, उपत्यकामा थप ४५ सङ्क्रमित पुष्टि

काठमाडौँ, १५ साउनः नेपालमा थप २७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा छ हजार ३०४ जनाको नमूना परीक्षण गर्दा २७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै सङ्क्रमितको सङ्ख्या १९ हजार ५४७ पुगेको छ । नेपालमा हालसम्म पीसीआर विधिबाट तीन लाख ६४ हजार ६४८ जनाको परीक्षण भएको छ ।

एकैदिन २२७ जना डिस्चार्ज

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २२७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या १४ हजार २४८ पुगेको छ । उहाँका अनुसार १३ हजार १०२ जना क्वारेन्टिनमा र पाँच हजार २२७ जना आइसोलेशनमा रहेका छन् । मुलुकभर पाँच हजार २२७ सक्रिय सङ्क्रमित छन् । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप तीन जना सङ्क्रमितको मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकाकामा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४१ तथा भक्तपुर र ललितपुरमा दुई/दुई जना गरी ४५ जनामा सङ्क्रमण देखिएको हो । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

भर्खरै