साेमबार, साउन २६, २०७७ | Monday 10th August 2020
  • होमपेज
  • विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर त्रिशूलीमा खस्यो
Breaking News

विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर त्रिशूलीमा खस्यो

चितवन, १५ साउनः विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो ।

ट्रकका चालक भने सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार उनको स्थानीय मेडिकलमा उपचार र कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको जनाइएको छ । बेपत्ता कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

भर्खरै