बिहीबार, साउन २९, २०७७ | Thursday 13th August 2020
  • होमपेज
  • प्रदेश नं १ मा आज नौ सङ्क्रमित थपिए
प्रदेश १

प्रदेश नं १ मा आज नौ सङ्क्रमित थपिए

विराटनगर, १४ साउनः प्रदेश नं १ मा आज नौ जना कोरोना सङ्क्रमित देखिएका छन् । प्रदेशभरिमा आज ८६९ जनाको पिसिआर परीक्षण भएको थियो । थपिएका सङ्क्रमितमा मोरङका आठ र सुनसरीका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङक्रमितमा विराटनगरका तीन पुरुष, एक महिला, मिक्लाजुङमा दुई पुरुष, सुनवर्षीमा एक पुरुष, रङ्गेलीमा एक महिला र सुनसरीको धरानमा एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले बताउनुभयो ।

यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९७५ पुगेको छ । प्रदेशमा आजसम्म ४१ हजार ७१० जनाको पिसिआर परीक्षण गरिएको छ । यस्तै प्रदेश नं– १ को राजधानी विराटनगर महानगरपालिकामा मङगलबार १६ जनामा सङ्क्रमण दखिएको थियो भने प्रदेशभरि गरी २१ जनामा सङक्रमण देखिएको थियो । सामाजिक विकास मन्त्रालयकाअनुसार सङ्क्रमण देखिनेमा मोरङमा १७, झापामा तीन र ओखलढुङ्गामा एक जनामा सङ्क्रमण पोजेटिभ देखिएको थियो ।

विराटनगरमा पाँच महिलासहित १६, कटहरीमा एक महिला, झापाको झापा गाउँपालिकामा दुई , विर्तामोडमा एक, ओखलढुङ्गा जिल्लाको सिद्धिचरणमा एक जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएसँगै सरकारले यसबाट बच्न र बचाउन आम नागरिकलाई स्वास्थ्य आचारसंहिता पालना गर्न, सामाजिक दूरी कायम राख्न र आवश्यक परे मात्र घर बाहिर जान, भीडभाडमा नजान अपिल पनि गरेको छ ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

भर्खरै