बिहीबार, साउन २९, २०७७ | Thursday 13th August 2020
  • होमपेज
  • सिँचाइ कुलोमा ५१ वर्षीय जगन्नाथ सुवेदी मृत फेला
समाज

सिँचाइ कुलोमा ५१ वर्षीय जगन्नाथ सुवेदी मृत फेला

पाँचथर, १४ साउन: फिदिमका एक व्यक्ति सिँचाइ कुलोमा मृत फेला परेका छन् । फिदिम नगरपालिका–४ जोरसालका ५१ वर्षीय जगन्नाथ सुवेदी वडा नं २ स्थित थाङसाङ खोलाबाट आफ्नो गाउँतर्फ लगिएको कुलोको पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।

सुवेदीलाई आज बिहान करीब ७ः३० बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेपछि प्रहरीमा खबर गरेका थिए । घटनाको प्रारम्भिक अनुसन्धानपछि शवपरीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

भर्खरै