शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
  • होमपेज
  • अभिनेत्री दीपिका पादुकोणका बडीगार्डको तलव कति ? सुनेर तीनछक पर्नुहुनेछ !
मनोरञ्जन

अभिनेत्री दीपिका पादुकोणका बडीगार्डको तलव कति ? सुनेर तीनछक पर्नुहुनेछ !

एजेन्सी- दीपिका पादुकोणका नीजि बडीगार्ड जलालले कति पारिश्रीमक लिन्छन् होला रु दीपिकाले दाजु मान्दै आएका जलाललाई तलव बढाएर लगभग १ करोड भारु दिने गरेकी छिन् । यसअघि उनले सन् २०१७ मा जलालको वार्षिक तलब ८० लाख भारु तलवका रुपमा पाउँथे । उनी वर्षौंदेखि दीपिकासँगै छन् र थुप्रै महत्वपूर्ण अवसरमा पनि दीपकालाई सहयोग गर्दै आइरहेका छन् ।

परिवारकै सदस्यका रुपमा आफ्नी बहिनी समेत मान्दै आएका जलालले रणवीर सिंह र दीपिका पादुकोणको विवाहमा जलालले दुलहीपक्षको ब्रिगेडको नेतृत्व गरेर ठूलो जिम्मेवारी संहालेका थिए ।उनि बाहेक बलिउडका कायौँ कलाकारले आफ्नो बडीगार्डको तलव बढाउदै आएका छन् । त्यस्तै दीपिका पछिल्लो समय चलचित्र प्रभास २१’मा फाइनल भएकी छिन् ।

उनिसंगै बाहुबलीबाट स्टार बनेका साउथ फिल्मका चर्चित अभिनेता प्रभाषले पनि यस चलचित्रमा अभिनय गर्ने भएका छन् । चलचित्रमा दीपिकाले २० करोड पारिश्रमिक लिएको खबर बाहिर आएको छ । भने अभिनेता प्रभासले ५० करोड पारिश्रमिक लिएका छन् । यस फिल्म तेस्रो विश्वयुद्धको कहानीमा आधारित हुने भारतीय मिडियाहरुले जनाएका छन् । फिल्मको छायांकनअर्को बर्षको अप्रिलदेखि गरिने छ ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

भर्खरै