बिहीबार, साउन २९, २०७७ | Thursday 13th August 2020
  • होमपेज
  • फेरी बढ्यो सुनको मुल्य, तोलामा कति पुग्यो
अर्थ/वाणिज्य

फेरी बढ्यो सुनको मुल्य, तोलामा कति पुग्यो

काठमाडौ, ७ साउन । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ४ सय रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ४ सय रुपैयाँले बढेको हो । त्यस्तै आज तेजावी सुन तोलामा ९२ हजार २६० रुपैयाँमा कारोबार भएको छ । त्यसतैगरी चाँदी तोलामा १ हजार ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

भर्खरै