साेमबार, साउन २६, २०७७ | Monday 10th August 2020
  • होमपेज
  • उनका पूर्व प्रेमीले गरे ऐश्वर्यालाई स्वास्थ्यलाभको कामना
मनोरञ्जन

उनका पूर्व प्रेमीले गरे ऐश्वर्यालाई स्वास्थ्यलाभको कामना

एजेन्सी । भारतीय चर्चित नायिका तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय वच्चनलाई कोरोना संक्रमण भएसँगै उनलाई स्वास्थ्य लाभको कामना गर्नेहरु बढेका छन् । यसैबिच ऐश्वर्याका पूर्व प्रेमी बिबेक ओबरायले पनि ऐश्वर्या र उनको परिवारका सदस्यहरुलाई स्वास्थ्यलाभको कामना गरेका छन् ।

वच्चन परिवारलाई जतिसक्दो छिटो कोरोना संक्रमण निको भएर रिर्पोट नेगेटिभ आओस् भन्दै बिबेकले भगवान्सँग प्राथना समेत गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन् सिनियर वच्चन र जुनियर वच्चनलाई जतिसक्दो छिटो निको होस् ।

अमिताभ र अभिषेकलाई शनिबार राती कोरोना संक्रमण पुष्टी भएसँगै तत्कालै अस्पताल भर्ना गरेर उपचार सुरु गरिएको थियो भने शनिबार परिवारका अन्य सदस्यमा कोरोना पोजेटिभ देखिएको थियो । अमिताभको घरका अन्य कर्मचारीको रिर्पोट भने आउन बाँकी रहेको भारतीय मिडियाले जनाएको छ ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

भर्खरै