शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
  • होमपेज
  • सिन्धुपाल्चोकमा खोलाले बगाएर एक वृद्धको मृत्यु
समाज

सिन्धुपाल्चोकमा खोलाले बगाएर एक वृद्धको मृत्यु

चौतारा, २९ असारः सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाएर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका –९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा छन् । खोला तर्ने क्रममा बगाएको उनको शव करीब एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उता गत बुधबार रातिको बाढी पहिराले बेपत्ता भएका बाह्रबीसे नगरपालिका –५ जम्बु र भोटेकोशी गाउँपालिका –५ बुलकोटेका २० जनाको खोजी जारी छ । पानी पर्ने क्रम नरोकिएपछि उद्धारमा कठिनाइ भइरहेको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

भर्खरै