बिहीबार, साउन २९, २०७७ | Thursday 13th August 2020
  • होमपेज
  • बोलिभियाका अर्थमन्त्रीलाई कोरोना संक्रमण
अन्तर्वार्ता

बोलिभियाका अर्थमन्त्रीलाई कोरोना संक्रमण

लापाज, २९ असार– बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिजलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाभाइरसबाट संक्रमित उहाँ बोलिभियाका चौथो मन्त्री हुनुहुन्छ ।

बोलिभियामा यसअघि स्वास्थ र खनिज मन्त्रीहरु कोरोना संक्रमित हुनु भएको थियो । साथै बोलिभियाका अन्तरिम राष्ट्रपति पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि क्वारेन्टिनमा हुनुहुन्छ ।

अर्थमन्त्री ओर्टिजका चिकित्सकहरुले उहाँलाई अस्पतालमा भर्ना गरेका र त्यहाँ उपचार जारी रहेको छ । बोलिभियामा हालसम्म ४७ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र एक हजार ७५४ जनाको मृत्यु भएको छ । (रासस–एएफपी)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

भर्खरै