शनिबार, साउन ३१, २०७७ | Saturday 15th August 2020
  • होमपेज
  • गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान नेता खरेल र बादेलाई
समाचार

गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान नेता खरेल र बादेलाई

काठमाडौँ, २५ असारः गणेशमान सिंह फाउण्डेसनले ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी’ सम्मानद्वारा नेपाली काँग्रेसका नेता राजेन्द्र खरेल र गोपालदास बादेलाई सम्मानित गरेको छ । गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष एवं काँग्रेसका नेता प्रकाशमान सिंहले आज नेताद्वयको घरमै पुगेर उहाँहरुलाई सम्मान गर्नुभएको हो । नेता खरेलको निवास नयाँ बानेश्वर र नेता बादेको निवास बनेपामा पुगी सम्मान गरिएको हो । काँग्रेसमा रहेर निष्ठाको राजनीति गर्नुभएको र प्रजातन्त्र स्थापनामा योगदान गरेबापत उच्च मूल्याङ्कनसहित सम्मान गरिएको नेता सिंहले जानकारी दिनुभयो । उहाँहरुलाई नगद रु २५ हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिष्ठानले उहाँहरुलगायत श्रीपतिदास जोशी, शिवगोपाल रिसाल, सानु मानन्धर, श्यामलाल श्रेष्ठ, प्रदीपमान श्रेष्ठ, माथवरसिंह बस्नेत, अञ्जु बस्नेत, भरत उप्रेती र रेवतीरमण सुवेदीलाई सम्मान गरिएको जनाएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रजलाई उहाँहरुको योगदानको सम्मानस्वरुप सम्मान गर्दैजाने फाउण्डेसनले जनाएको छ । बन्दाबन्दीका कारण विशेष कार्यक्रम गर्न नसकिएकाले भौतिक दूरी कायम गर्दै उहाँहरुको निवासमै पुगेर सम्मान गरिएको फाउण्डेशनले जनाएको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

भर्खरै