मंगलबार, कार्तिक ११, २०७७ | Tuesday 27th October 2020
  • होमपेज
  • राष्ट्रपति भण्डारीद्वारा तीन विधेयक प्रमाणीकरण
Breaking News

राष्ट्रपति भण्डारीद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौँ, ११ असारः राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका तीन विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

आज प्रमाणीकरण गरिएका विधेयकमा शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न विधेयक, खेलकूद विकाससम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक एवं रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार