मंगलबार, कार्तिक ११, २०७७ | Tuesday 27th October 2020
  • होमपेज
  • एकाबिहानै रुपन्देहीमा ४ जनाको विभत्स हत्या
समाज

एकाबिहानै रुपन्देहीमा ४ जनाको विभत्स हत्या

रुपन्देही । रूपन्देहीको एक स्थानीय कुखुरा फार्ममा काम गर्ने मजदुरले आफ्ना ४ जना साथीको हत्या गरेका छन् भने एक जनालाई घाइते बनाएर। छाडेका छन् ।

तिलोत्तमा नगरपालिका–१० का वडाध्यक्ष ब्यासमुन थारुका अनुसार हत्या संलग्न युवक फरार रहेका छन् भने अहिले प्रहरी टोली घटनास्थलमा पुगिसकेको र उनको खोजीकार्य भएको र घाइतेको उद्धार गरी अस्पताल लगीएको छ ।

घाइतेको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा एक जना महिला र तीन जना पुरुष छन् । मंगलापुर प्रहरी चौकी इन्चार्ज लक्ष्मण थापाका अनुसार किन र कसरी हत्या गरे भन्ने खुल्न सकेको छैन ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार