गर्भवतीलाई लिएर अस्पताल हिँडेको एम्बुलेन्सलाई बाघले घेरे, बच्चा जन्मिएपछि बल्ल बाटो छोडिदिए

एजेन्सी । कोरोनाभाइरसका कारण यतिबेला विश्व नै लकडाउनको शिकार बनेको छ । बिरामी असक्तहरु अहिले सबैभन्दा बढी अप्ठ्यारोमा परेका छन् । यसैबिच एम्बुलेन्समा गर्भवती महिलालाई लिएर हिँडेको एम्बुलेन्सलाई आधाबाटोमा नै बाघहरुले घेरेका छन् ।

खबर हो भारतको गुजरातको । गडढाको भाखा गाउँकी अफसाना सबरिश रफिकलाई अचानक व्यथा गालेपछि गर्भवतीलाई बोकेर दौडिएको एम्बुलेन्सलाई आधा रातमा बाघहरुले घेरेपछि महिलाले एम्बुलेन्समै बच्चालाई जन्म दिएकी छिन् ।

लामो समयपछि बाद्दले बाटो छोडेपछि बल्ल सुत्केरी भइसकेकी महिलालाई अस्पताल पुर्याउन सकिएको समाचारमा जनाइएको छ । बाघहरुले एम्बुलेन्सलाई घेरेपछि अपतालका प्राथमिक उपचार कर्मचारीले नै उम्बुलेन्स भित्र नै सबरिशलाई सुत्केरी गराउन सफल भएका थिए । अहिले महिला र बालिका स्वस्थ्य अवस्था सामान्य रहेको समाचारमा जनाइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *