नेपालकी नारीमाथी नै अश्लिल शब्द प्रहार गर्दै नेपालीको अपमान गरेकी बलिउड अभिनेत्री अनुष्का शर्मा विरुद्ध मुद्दा दर्ता

काठमाडौं । अनुष्का शर्मा निर्मित वेब सिरिज ‘पाताल लोक’मा नेपाली महिलामाथि अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै बलिउड नायिका अनुष्का शर्माविरुद्ध मुद्धा दर्ता गरिएको छ । प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले मानव अधिकार आयोगमा शर्मा विरुद्ध मुद्धा दर्ता गरेको हो । उक्त वेब सिरिजले नेपाली भाषीहरुको अपमान भएको भन्दै यतिबेला विश्वभरबाट अनुष्का शर्माको चर्को आलोचना भइरहेको छ ।

नायिका शर्मा विरुद्ध नेपाली नायिकाहरु पनि खरो रुपमा उत्रिएका छन् । उनको विरोधमा भारतका विभिन्न प्रान्तमा रहेका गोर्खा समाज आक्रोशित बनेका छन्। त्यस्र्त शर्मा विरुद्ध दिल्ली बस्दै आएकी दार्जिलिङ निवासी अञ्जनी शर्माले पनि मानव अधिकार आयोग र दिल्लीको साइबर क्राइममा सोमबार मुद्दा दायर गरेकी छन्।अञ्जनी।ले ‘पाताल लोकमा नेपालीभाषी महिलामाथि जुन प्रकारको शब्द प्रयोग गरिएको छ, त्यो अत्यन्त निन्दनीय भएको बताएकी छन् ।

अमेजन प्राइम, निर्माता अनुष्का शर्माले माफी माग्नुपर्ने तथा बेव सिरिजबाट उक्त दृश्य र संवाद हटाउनुपर्ने माग गरिएको छ । मे १५ का दिन रिलिज भएको अमेजन प्राइमको वेब सिरिज पाताल लोकमा पूर्वोत्तर भारतको एक जनजाति महिलालाई ‘नेपाली वेश्या’को रूपमा देखाउन खोजिएको छ। तर अहिलेसम्म पनि अमेजन प्राइम र अनुष्का शर्मा यसबारेमा मुख खोलका छैनन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *