नबिना लामाले “प्रधानमन्त्री ओलीलाई कुनै पनि माइकालालले हटाउन सक्दैन” भनेपछि यस्तो सम्म भयो (भिडियो हेर्नुहोस)

नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा को युवा नेतृ, पूर्वअनेरास्ववियुका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद नविना लामाले जनताद्वारा पाँच वर्षको लागि जनमत प्राप्त वर्तमान पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई हटाउन कुनै पनि माइकलालले नसक्ने बताउनुभएको छ । सांसद लामाले प्रधानमन्त्री केपी ओलीलाई जनताले पाँच वर्षको कार्यकाल पुरा गर्दै समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन जनमत प्राप्त गरेको उल्लेख गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीबाट केपी ओलीको राजीनामा कुनै सम्भावना नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जनताबाट निर्वाचित प्रधानमन्त्रीलाई कसले हटाउन सक्छ ? जनता तथा सांसदले प्रम ओलीलाई पूर्ण समर्थन रहेको छ । लेखेर राख्नुहोस्, कुनै हालतमा सरकार तथा पार्टी अध्यक्षबाट हटाउनु सक्दैन । प्रम ओलीलाई हटाउने कुनै माइकलाल छैनन् ।’ पार्टीभित्रको विरोध तथा आ’त्माआलोचना गर्नु स्वभाविक हुने तर वाहिर नेतृत्वले के वोल्ने र के गर्ने भन्ने सोच्न नसक्नु आफ्नो खुट्टामा आफै बन्चरो हान्नु जस्तै भएको उल्लेख गर्दै उहाँले नेकपाको कुशल व्यवस्थापक नै केपी ओली भएको दावी गर्नुभयो । भिडियो हेर्नुहोस

Facebook Comments