मंगलबार, मंसिर ९, २०७७ | Tuesday 24th November 2020
समाज

नाका खुलाउन पहल

मेलम्ची, २० चैत   : नेपाल सरकारले बन्द रहेको तातोपानी नाका खुलाउने निर्णय गरिसके पनि अहिलेसम्म सञ्चालन हुन सकेको छैन । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) सङ्क्रमणको कारणले अहिले तातोपानी नाका सुनसान छ ।

बन्द रहेको तातोपानी नाका खुलाउन र त्यहाँको अवस्थाबारे बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य माधव सापकोटा, नेकपाका नेता सरल सहयात्री, बाह्रबिसे नगरपालिकाका प्रमुख निम्फुन्जो शेर्पा, जिल्ला जन स्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईं, भोटेकोशी गाउँपालिकाका उपाध्यक्ष दाबुटी शेर्पा, स्थानीय जनप्रतिनिधी लगायतको टोलीले अनुगमन गरेको छ ।

अनुगमनका क्रममा तातोपानीका भन्सार अधिकृत लालबहादुर खत्रीसँग मन्त्री दुलालले जानकारी लिनुभएको थियो । खत्रीले भन्सारमा ‘हेल्थ डेस्क’ सञ्चालन गरेर अत्यावश्यक सामान ढुवानी गर्न सकिने जानकारी गराउनुभयो । आजै मन्त्री दुलालले प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसँग चौतारामा भेट गर्दै आवश्यक सम्वन्य गरी नाका सञ्चालन गर्न निर्देशन दिनुभयो । यस्तै मन्त्री दुलालले आजै सिन्धुपाल्चोकका बिभिन्न स्थानमा निर्माण गरिएका आइसोलेसन र क्वारेन्टाइन वार्डको निरीक्षण गर्नुभएको थियो ।(रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार