साेमबार, असार २९, २०७७ | Monday 13th July 2020
  • होमपेज
  • कस्तो अचम्म: यि नेपाली महिलाको १५० अशक्त कुकुर सन्तान, घरमा पालेको कुकुर मर्दा १३ दिन नुन बारिन (भिडियो हेर्नुस)
विचित्र संसार

कस्तो अचम्म: यि नेपाली महिलाको १५० अशक्त कुकुर सन्तान, घरमा पालेको कुकुर मर्दा १३ दिन नुन बारिन (भिडियो हेर्नुस)

आदरणिय दर्शकबृन्दहरु नमस्कार म शिशिर भण्डारी आज तपाईहरुलाई हामी लैजादैछौं ललितपुर भैसेपाटी खोकनामा रहेको स्नेहाज केयरमा स्नेहाज केयर अर्थात कुकुरहरुको संसार । एउटी महिलाले १५० भन्दा माथि घाईते र अशक्त कुकुरहरुलाई स्नेहाज केयरमा पालेकी छिन्, ती महिला यानिकी यि सबै कुकुरहरुलाई आफ्नै सन्तान जसरी माया र हेरचाह दिने आमा हुन्, स्नेहा श्रेष्ठ ।

प्यारा दर्शकबृन्द, मानवता हराउंदै गईरहेको समयमा मान्छेले मान्छेलाई त दया माया गर्न छोडिसके । तर स्नेहा ती नारी हुन्, जसले बिगत ५ बर्षदेखि ठुलो जग्गा भाडामा लिएर आफ्नो व्यवसायको आम्दानीले यो काम गरिरहेकी छिन् । यि महान नारी, स्नेहा श्रेष्ठलाई हाम्रो सम्मान । स्नेहाज केयरमा पुग्दा जो कोहि अचम्मित हुन्छ ।

यहां गाडीले ठक्कर दिएका कुकुरहरु, मान्छेले ढुंगालेका हानेर भाईते बनाएका कुकुरहरु, मान्छेले घरमै पालेर पनि बिरामी भएपछि फालेका कुकुरहरु, बाटोमा अलपत्र परेका भुसिया कुकुरहरु लगायत हरेक प्रकारले पिडामा परेका कुकुरहरु रमाउने गर्दछन् । दैनिक खाना, पानी, खाजा औषधी खांदै निको हुंदै बिगत ५ बर्षदेखि अहिलेसम्म कति कुकुरहरुले नयां जीवन पाएर यहांबाट फर्किसके भने कति स्वस्थ भैसकेको अवस्थाका, कति हुईल चेयरमै हिड्ने अवस्थाका कुकरहरु पनि छन्, जसको उपचार भैरहेको छ । भिडियो हेर्नुस…

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै