विद्युत् महसुल सङ्कलन गर्ने नगर्ने भन्नेमै विवाद

काठमाडौँ, १२ जेठः लकडाउनको समयमा सामाजिक दूरी कायम राख्दै स्वास्थ्य सर्तकता अपनाएर विद्युत् महसुल सङ्कलन गर्ने भन्ने नेपाल विद्युत् प्राधिकरणको निर्णयलाई लिएर कर्मचारीका बीचमा विवाद देखिएको छ । प्राधिकरणका क्रियाशील कर्मचारीको आधिकारीक टे«ड युनियनले संस्थाको निर्णयअनुसार सम्पूर्ण सुरक्षा प्रबन्ध गरेर काम गर्न तयार रहेको बताइरहेका छन् । उनीहरु विपद्को समयमा व्यक्तिगत सुरक्षाका सम्पूर्ण उपाय अपनाएर […]

Continue Reading

बन्दाबन्दीको समयमा गाउँमा बिजुली

मुग्लिन, १० जेठः बन्दाबन्दीका बीच चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित ओख्लेटार गोलिवाङमा पहिलोपटक बिजुली पुगेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बत्तीको स्वीच अन गरेर उद्घाटन गर्नुभएको हो । वडा नं ३ को ओख्लेटार गोलिवाङका १० घरधुरीमा शुक्रबारदेखि बिजुली बलेको वडाध्यक्ष गोवद्र्धन अधिकारीले जानकारी दिनुभयो । कोभिड–१९ का कारण सरकारले लागू गरेको बन्दाबन्दीका बीच पनि […]

Continue Reading

जुम्लामा टेलिफोनबाटै विशेषज्ञ सेवा

जुम्ला, ९ जेठः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा हुने भीडभाड कम गर्न टेलिफोनबाटै बहिरङ्ग विशेषज्ञ सेवा शुरु गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले उपचार सहज बनाउन टेलिफोन विशेषज्ञ सेवा शुरु गरिएको हो । अस्पतालमा आउनु नपर्ने र नसक्ने बिरामीका लागि सो सेवाको शुरुआत गरिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताउनुभयो । अस्पतालमा आकस्मिक, बहिरङ्ग […]

Continue Reading

‘रमाइलो पढाइ’ मोबाइल एप सञ्चालनमा

काठमाडौँ, ३१ वैशाख: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा थप सहयोग पुर्याउन ‘रमाइलो मोबाइल एप’ सञ्चालनमा ल्याएको छ ।गुगल प्ले स्टोरमा उपलब्ध सो सामग्रीबारे केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई जानकारी गराई प्रयोगमा ल्याउन आग्रह गरेको […]

Continue Reading

लकडाउनको सदुपयोग गर्दैं मध्यपुरथिमिको ड्रोन सर्वेक्षण सम्पन्न

भक्तपुर, २९ वैशाख: सिङ्गो नगरपालिकाको सम्पूर्ण विषय समेट्ने गरी नक्सा तयार पार्न मध्यपुरथिमि नगरपालिकाले ड्रोनबाट सर्वेक्षण एवं नक्साङ्कन कार्य सम्पन्न गरेको छ । लकडाउनको सदुपयोग गर्दै नगरपालिकाले दुई दिन ड्रोन उडान गरी नगरपालिकाको सबै वस्तुचित्र आउने गरी आकाशमा ड्रोन उडाएर डिजिटल नक्साङ्कन कार्य सम्पन्न गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । नगर प्रमुख श्रेष्ठले भन्नुभयो […]

Continue Reading

आइफोन एसइ २०२० मा रिलिज भएसँगै चर्चा, मूल्य कति ?

एप्पलले हालै बजेट आइफोन अर्थात् ३९९ डलरको आइफोन एसइ २०२० रिलिज गरेको छ । उक्त आइफोनमा नयाँ महँगा आइफोनहरूमा भएको प्रोसेसर राखिएको छ । आइफोन एस इ २०२० मा एप्पलको ए १३ प्रोसेसर रहेको छ जुन एप्पलको आइफोन ११ सिरिजमा रहेको प्रोसेसर हो । एप्पलको उक्त प्रोसेसर हालको सबैभन्दा फास्ट मोबाइल प्रोसेसर रहेको छ । […]

Continue Reading

आइतबार र सोमबार काठमाडौँका यि स्थानमा विद्युत् कटौती हुने

काठमाडौँ, २७ वैशाख । नेपाल विद्युत् प्राधिकरणले आइतबार र सोमबार राजधानीका केही स्थानमा विद्युत् सेवा कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गतको कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तार कार्यका लागि स्वीचाटार– स्वयम्भु फिडरबाट वितरित लाइन काटिने जनाएको हो । ती स्थानको विद्युत् लाइन छुटाइ तथा सितापाइला गोल्छा चोक सँगैको स्विच […]

Continue Reading

लकडाउनले नछोएको माथिल्लो तामाकोशी : यसरी हुँदैछ काम

– रमेश लम्साल, काठमाडौँ, २७ वैशाख: नियमितरूपमा पूर्ण क्षमतामा काम हुन पाएको भए राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम करिब सम्पन्न हुने अवस्थामा पुग्ने थियो । कोरोनाको सङ्क्रमण हुन नदिन सरकारले लकडाउन घोषणा गरेपछि आयोजनाको काम केही समय प्रभावित भयो । एकाध दिन रोकिए पनि आयोजनाले सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम चालू नै […]

Continue Reading

ग्रामीण विद्युतीकरण निर्माण जारी

–सुरेश झा हेटौँडा, २७ वैशाख:  कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा पनि उच्च सतर्कता अपनाउँदै ग्रामीण विद्युतीकरणको निर्माण दु्रत गतिमा भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र टाँडीद्वारा चितवन र मकवानपुर जिल्लाको चार नगरपालिकासहित दुई गाउँपालिकामा रु १० करोड ५० लाखको लागतमा सो कार्य भइरहेको जनाइएको छ । सो केन्द्रका प्रमुख […]

Continue Reading

वर्षात्सँगै आएको हावाहुरीले रेडियो तथा टेलिभिजन टावरमा क्षति

– केदार मगर खोटाङ, २६ वैशाख: वर्षात्सँगै आएको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावरमा क्षति पुगेको छ । हुरीले रेडियो नेपालको एफएफ रिलेस्टेशन र टेलिभिजन दुवैको टावर भाँचेको हर्रेस्थित एफएम रिलेस्टेशनमा कार्यरत प्राविधिक मोहन केसीले राससलाई जानकारी दिनुभयो । “जोडले चलेको हुरीबतासले रेडियो र टेलिभिजन दुवैको टावर ढलेर एन्टेना भाँचिएको छ”, प्राविधिक […]

Continue Reading

प्युठानका ठूला पाँच योजनाको काम गर्न अनुमति

झिमरुक, २४ वैशाखः लकडाउनका समयमा रोकिएका जिल्लाका महत्वपूर्ण विकास आयोजनाका काम पुनः शुरु भएका छन् । कोभिड –१९ को संक्रमणको सम्भावना रहेको भन्दै रोकिएका विकास आयोजनाका काम संक्रमण नियन्त्रणका लागि तोकिएका मापदण्डको पूर्ण पालन गरी पुनः शुरु गर्न प्रशासनले अनुमति दिएको हो । जिल्लाको दरभान– झिलिवाङ हुँदै ऐरावतीसम्म पुग्ने मोटरबाटोमा ६ किलोमिटर ग्राभेल गर्ने र […]

Continue Reading

अष्ट्रेलिया, चीन र कोरिया उड्दै नेपाल एयरलाइन्स

– सिबी अधिकारी काठमाडौँ, २० वैशाखः मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो उडान गरिरहेको छ । लकडाउनको अवधिमा सर्वाधिक उडान गरेको नेपाल एयरलाइन्सले भारत, बङ्गलादेश, जापान र अष्ट्रेलियामा चार्टर्ड उडान ग¥यो भने चीनको ग्वान्जाओमा चार कार्गो उडान […]

Continue Reading

लकडाउनमा पनि भेरी बबईको काम निरन्तर

–प्रकाश अधिकारी सुर्खेत, २० वैशाख: कोभिड– १९ को सङ्क्रमण रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) ले अन्य विकास आयोजना ठप्प भइरहेका बेला यहाँ सञ्चालित भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा भने असर परेको छैन । सरकारले लकडाउनमा राष्ट्रिय गौरवका आयोजनाको काम नरोक्न निर्देशन दिएपछि भेरी बबईले दोस्रो चरणका निर्माणलाई निरन्तरता दिएको हो । आयोजनाका सिनियर […]

Continue Reading

टेलिकमले ल्यायो ई–शिक्षा प्याकेज

काठमाडौँ, २० वैशाखः नेपाल टेलिकमले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाईनमा सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले आज जारी गरेको प्रेस विज्ञप्तिमा देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायसँगको परामर्शका आधारमा सम्बन्धित शैक्षिक […]

Continue Reading

बन्दाबन्दीका कारण रोकिएको महाकाली कोरिडोरको काम सञ्चालन हुँदै

– नरेन्द्रसिंह कार्की दार्चुला, १५ वैशाख: एक महिनादेखि लकडाउनका कारण बन्द रहेको सुदूरपश्चिमको महत्वपूर्ण योजनाको रूपमा रहेको महाकाली कोरिडोरको काम सञ्चालन हुने भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने उक्त योजनाको काम सञ्चालन हुने भएको हो । कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका विभिन्न क्षेत्रमा काम सञ्चालन गर्नका लागि योजनाले तयारी थालेको हो । लकडाउनले […]

Continue Reading