न्यूयोर्क, २९ भदौ –– अमेरिकी ओपनको यस वर्षको उपाधि अस्ट्रियाका डोमिनिक थाइमले जितेका छन् । पहिलो दुई सेट लगातार हारेर निराश भइसकेका थाइमले अन्तिम सेटमा टाइब्रेकमा जर्मनीका अलेक्जेन्डर जेरेफलाई पराजित गरेका थिए । कोरोनाभाइरस महामारीका कारण विनादर्शक आर्थर एश रंगशालामा भएको यस प्रतिस्पर्धामा थाइमले जेरेफलाई २–६, ४–६, ६–४, ६–३, ७–६ (६) ले पराजित गरे । […]