युरोपेली युनियनद्वारा १० खर्ब युरोको सहायता योजना युरोपेली संसदमा प्रस्तुत

ब्रसेल्स, १४ जेठ–– कोरोनाभाइरस महामारीका कारण सिर्जित आर्थिक नोक्सानीमा मल्हमपट्टी लगाउने उद्देश्यले युरोपेली युनियनमा आबद्ध मुलुकका लागि बुधबार दश खर्ब युरोको राहत योजना सार्वजनिक गरिने भएको छ । महामारीका कारण ठूलो आर्थिक क्षति व्यहोर्न बाध्य विश्वका धेरै देशले अभूतपूर्व आपतकालीन उपायहरू घोषणा गरिरहेका छन् । यही शैलीलाई पछ्याउँदै युरोपेली युनियनले पनि विशाल राहत प्याकेज घोषणा […]

Continue Reading

ब्राजिलबाट अमेरिका आउने गैर–अमेरिकीलाई पूर्व घोषित समयभन्दा दुई दिन पहिल्यै प्रवेश प्रतिबन्ध

वासिङ्टन, १३ जेठः कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि भन्दै अमेरिकाद्वारा मङ्गलबारदेखि ब्राजिलबाट अमेरिका आउने गैर–अमेरिकीलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले यस पहिले गरेको निर्णयमा ब्राजिलबाट अमेरिका प्रवेशमा बिहीबारदेखि प्रतिबन्ध लगाउने बताइएको थियो । यो निर्णय अमेरिकी नागरिकका लागि भने लागु नहुने अमेरिकाले जनाएको छ । व्हाइट हाउसले स्थानीय समय अनुसार सोमबार आफ्नो पूर्व निर्णयमा परिवर्तनको […]

Continue Reading

सरकारले लकडाउनको पालना गराउन नसकेको राहुल गान्धीको आरोप

नयाँ दिल्ली, १३ जेठः भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले लकडाउनलाई राम्ररी पालना गराउन नसकेको आरोप लगाउनुभएको छ । उहाँले बारम्बार सत्तारुढ दल भारतीय जनता पार्टीलाई आलोचना गर्दै आउनुभएको छ । यसैक्रममा मङ्गलबार पनि उहाँले सरकारले लागू गरेको लकडाउनको राम्रोसँग पालना गराउन नसकेको आरोप लगाउनुभएको हो । आज सम्वाददाताहरुसँग गरेको अन्तरक्रियाका क्रममा उहाँले सो […]

Continue Reading

मकाउ क्यासिनोका बादशाह स्टान्लेको निधन

हङकङ, १३ जेठ– चीनमा आधुनिक क्यासिनाका पिता भनेर चिनिने मकाउका क्यासिनो बादशाह स्टान्ले हो को मंगलबार हङकङमा निधन भएको छ । उहाँ ९८ वर्षका हुनुहुन्थ्यो । यी अर्बपति क्यासिनो लगानीकर्ता स्टान्लेको मकाउका क्यासिनोमा झण्डै चार दशक एकछत्र साम्राज्य थियो । उहाँले मकाउलाई क्यासिनोमा एसियाकै उत्कृष्ट गन्तव्य बनाउन प्रमुख भूमिका खेल्नु भएको थियो । उहाँ पूर्व […]

Continue Reading

रुसमा एकै दिनमा नौ हजार सङ्क्रमित, ९२ को मृत्यु

मस्को, १२ जेठः रुसमा कोरोनाभाइरसका कारण सोमबार एकैदिनमा नौ हजार व्यक्ति सङ्क्रमित भएका छन् । यो सँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितको सङख्या तीन लाख ५० हजारभन्दा बढी भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी कोरोनाभाइरसका कारण रुसमा अहिलेसम्म तीन हजार ६३३ जनाको मृत्यु भएको छ । तीमध्ये ९२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य […]

Continue Reading

पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री ओनिल भष्टाचार आरोपमा पक्राउ

पोर्ट मोर्सबी, १० जेठः पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री पिटर ओनिललाई भष्ट्राचार आरोपमा शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उहाँ स्वदेश फर्किनुभए लगत्तै पक्राउ गरिएको थियो । उहाँले इजरायलबाट खरिद गरेको सामानलाई अनधिकृत रूपले ल्याएको आरोपपछि छानविनका लागि पक्राउ गरिएको ‘रोयल पपुवा न्यूगिनी कोन्स्टाबुलरी’का सह–आयुक्त होज एटेद्वारा जारी विज्ञप्तिमा बताउनुभएको छ । एटेले भन्नुभयो, “घटनामा उहाँले […]

Continue Reading

आप्रबासी श्रमिकद्वारा कतारमा बिरोध प्रदर्शन

दोहा, १० जेठः विरलै विरोधका आन्दोलनहरू हुने खाडी मुलुक कतारको राजधानी दोहास्थित एक जिल्लामा आप्रवासी श्रमिकहरूले आफ्नो ज्याला नपाएको भन्दै विरोध गरेका यहाँको सरकारी श्रोतले शनिबार बताएको छ । सामाजिक सञ्जालमा भाइरल बनेका तस्वीरमा करिब १०० भन्दा बढी व्यक्तिहरू राजधानी दोहाको महेरेब जिल्लामा मुख्य सडक अवरुद्ध गर्दै ताली बजाउँदै ज्याला पाउनुपर्ने मागसहित शुक्रबार विरोधमा सडकमा […]

Continue Reading

दक्षिण कोरियामा २३, चीनमा शुन्य सङ्क्रमित

बैंकक, १० जेठः कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गरेको ठानिएको दक्षिण कोरिएमा अहिले फेरी दिनप्रतिदिन सङ्क्रमितहरु भेटिन थालेका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप २३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितहरु फेरी धमाधम देखिन थालेपछि दक्षिण कोरियामा रात्री क्लव, बार, रेष्टुरेन्टलगायतका व्यवसायिक कार्यालयहरु बन्द गरिएको छ । दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसबाट ११ हजार […]

Continue Reading

कराँची जेलमा तीन सय सङ्क्रमित

कराँची, १० जेठः पाकिस्तानको कराँचीस्थित जेलमा मात्रै तीन सय भन्दा बढी बन्दी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कराँची केन्द्रिय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा सङ्क्रमण फैलिएको अधिकारीहरु जानकारी दिएका छन् । शनिबार सार्वजनिक भएको विवरण अनुसार क्षमताभन्दा बढी कैदी राखिएकाले पनि धेरै जनामा सङ्क्रमण फैलिएको बताइएको छ ।कारागारका अधिकारीहरुले सङ्क्रमित र सङ्क्रमण […]

Continue Reading

भारतमा एकै दिनमा सवा लाखको कोरोना परिक्षण

नयाँदिल्ली, १० जेठः भारतमा पछिल्लो २४ घण्टाको अवधिमा मात्रै झण्डै सवा लाख मानिसको कोरोना परिक्षण गरिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा कुल एक लाख १५ हजार ३६४ जनाको परिक्षण गरिएको छ । भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म देशभरी कुल २८ लाख ३४ हजार ७९८ जनाको परिक्षण गरिएको जनाएको छ ।परिषद्का अनुसार शनिबार नै […]

Continue Reading

पाकिस्तानमा १०७ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त

कराँची, ९ जेठः पाकिस्तानको कराँची नजिकै चालक दलका सदस्यसहित १०७ जना यात्रु बोकेको विमान शुक्रबार दुर्घटना भएको छ ।पाकिस्तानी सरकारी स्वामित्व रहेको पाकिस्तानी अन्तर्राष्ट्रिय विमान सेवाको विमान कराँचीको दक्षिणी नाकामा दुर्घटनाग्रस्त भएको हो ।देशको नागरिक उड्डयन प्राधिकरणका अब्दुल सत्तार कोखरले दिएको जानकारी अनुसार अहिलेसम्म मानवीय क्षतिको पुष्टि गर्न सकिने अवस्था छैन । घटनास्लथमा उद्धारको कार्य […]

Continue Reading

भारतमा २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित

नयाँदिल्ली, ९ जेठः भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८८ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख १८ हजार ४४७ पुगेको छ । […]

Continue Reading

पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

इस्लामावाद, ८ जेठः विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण पाकिस्तानमा गत २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै दुई हजार १९३ जना सङ्क्रमित भएका हुन् । योसँगै देशभरी अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या ४८ हजार ९१ पुगेको पनि अधिकारीहरुले बताएका छन् ।उनीहरुले अहिलेसम्म […]

Continue Reading

भुटानका राजा नामगेलको संसारभरी किन भयो प्रसंशा !

म्याड्रिड । संसार को सबै भन्दा खुशी देश मानिन्छ भुटानलाई जसको आफ्नो कारण छ। भुटानबाट आउने समाचार हरू सुन्दा मानौ कि लाग्छ यो अर्को दुनियाँबाट आएको हुनुपर्छ अथवा यहि शताब्दीयकै हो त? भन्ने भान हुन्छ। भुटानको राजा जीग्मे खेशर नामगेल वाङगचुक, देशकै भगवानको नयाँ दुतको रुपमा भुटानीजहरूले लिन्छन्। उहाँलाई अहिले ब्यक्तिगत रूपमै जीवन रक्षकको सज्ञां […]

Continue Reading

१६५ भारतीय नागरिक बोकेर फर्कियो एयर इण्डिया

काठमाडौँ, ७ जेठः भारतले नेपालमा लकडाउनका कारण रोकिएका १६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ ।भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको ए३२० जहाजले आज दिउँसो उनीहरुलाई काठमाडौँबाट फिर्ता लगेको हो । यो चार्टर्ड उडान नेपालस्थित भारतीय दूतावासले गरेको अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । नेपालमा लकडाउन शुरु भएपछि भारतले पहिलोपटक आफ्ना नागरिकलाई […]

Continue Reading