यस वर्ष मनसुनमा औसत वर्षा हुने

काठमाडौँ, ११ जेठः यस वर्ष मनसुनमा मुलुकभर औसत वर्षा हुने भएको छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुभर औसत वर्षा हुने प्रक्षेपण छ । विश्व मौसम सङ्गठनको अगुवाइमा सास्कोपले हरेक वर्ष मनसुन शुरु हुनुभन्दा एक महिना अगावै दक्षिण एशियाली क्षेत्रको मनसुनसम्बन्धी दृष्टिकोण तयार […]

Continue Reading

चुरोट बन्द गर्न अनशन ! लकडाउनमा जनतालाई भाटे कारवाही, चुरोट उद्योग चालु ? CDOलाई प्रश्न :के तमाशा हो

चुरोट बन्द गर्न अनशन ! लकडाउनमा जनतालाई भाटे कारवाही, चुरोट उद्योग चालु ? CDOलाई प्रश्न :के तमाशा हो !

Continue Reading

भेटेरीनरी सेवालाई अतिआवश्यक सेवामा राख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, ९ जेठ : सर्वोच्च अदालतले भेटेरीनरी सेवालाई अतिआवश्यक सेवाको सूचीमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपनाप्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासले बिहीबार जारी गरेको आदेश आज सार्वजनिक गर्दै सरकारले बन्दाबन्दी समयमा सरकारले भेटेरीनरी सेवालाई अतिआवश्यक सेवामा राख्न अन्तरिम आदेश जारी गरेको छ । आदेशमा भनिएको छ, “हालसम्म आवश्यक […]

Continue Reading

बन्दाबन्दीले रोकिएको केबलकारको निर्माण शुरु

—कृष्ण न्यौपाने दमौली, ८ जेठः बन्दाबन्दीका कारण रोकिएको केबलकार निर्माणको काम शुरु भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा निर्माणाधीन केबलकारको काम मङ्गलबारदेखि शुरु भएको हो । स्थानीय मजदुर प्रयोग गरी केबलकार निर्माणको काम शुरु गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । बन्दाबन्दीका कारण न्यून मजदुर प्रयोग गरेर केबलकार निर्माणको […]

Continue Reading

कर्णालीमा निर्माण सामग्री अभाव, आयोजना अलपत्र

– मानदत्त रावल, जुम्ला, ८ जेठ: कोरोना भाइरसले अहिले नागरिक त्रसित छन् । भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि झण्डै दुई महिनादेखि दिनदेखि देश लकडाउनमा छ । यसको प्रत्यक्ष प्रभाव विकास निर्माण देखिएको छ । अहिले कर्णालीमा निर्माण सामग्री अभाव भएपछि लकडाउनअघि सम्झौता भएका आयोजना पनि अलपत्र अवस्थामा छन् । यहाँका स्थानीयवासीले आफ्ना व्यक्तिगत घर […]

Continue Reading

अंपुन चक्रवात प्रभावः हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, ८ जेठः अंपुन चक्रवातको प्रभावले आज देशभर बदली रही काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडीमा बनेको चक्रवात जमीनमा प्रवेश गरिसकेकाले यसको प्रभाव अझै दुई दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात अंपुनको अप्रत्क्ष प्रभावले आज देशको पूर्वी भूभागमा पूर्ण बदली रही केही स्थान […]

Continue Reading

लोपोन्मुख गिद्धको सङ्ख्यामा वृद्धि हुँदै

– विमलबहादुर विष्ट डोटी, ७ जेठः कुनै बेला बिरलै मात्रामा देखिने गिद्ध हिजो आज यहाँका जिल्लामा प्रशस्तै मात्रामा देखिन थालेका छन् । प्रकृतिको कुचिकारका रुपमा रहेका गिद्ध संरक्षणको अभावमा सङ्कटमा परेका बेला जिल्लामा भने यसको सङ्ख्यामा निकै वृद्धि भएको बताइएको छ । केही वर्षअघि कहिलेकाहीँमात्रै देखापर्ने गिद्ध अहिले प्रशस्त मात्रामा देखिन थालेका छन् । जिल्लामा […]

Continue Reading

भारतीय सीमाबाट पाँच दिनमा ३०० बढी लुकीछिपी भित्रिए

– चन्द्रकला भण्डारी भद्रपुर, ७ जेठ : भारतीय सीमामा अलपत्र अवस्थामा रहेका नेपाली मुख्य नाकाबाट आउन नपाएपछि आसपासबाट लुकीछिपी भित्रिन थालेका छन् । नेपाल प्रवेश गरेका उनीहरुलाई स्थानीय सरकार, प्रशासन, प्रहरी र स्वास्थ्यकर्मीले नजिकको होल्डिङ सेन्टर र क्वारेन्टिनमा सुरक्षित किसिमले पु¥याउने काम भइरहेको कोरोना सङ्क्रमण रोकथाम, अनुगमन तथा समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताउनुभयो । […]

Continue Reading

अर्घाखाँचीका सीमा नाका बन्द

अर्घाखाँची, ६ जेठः छिमेकी जिल्लामा कोरोना भाइरसका बिरामी बढ्दै गएपछि अर्घाखाँचीसँग सीमा जोडिएका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै नाका बन्द गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले अर्घाखाँचीसँग जोडिएका सबै नाका अर्को निर्णय नभए सम्मका लागि बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो । कपिलवस्तुसँगको पत्थरकोट, पाल्पाको तीनगीरे, गुल्मीका नेटा र सौतामारे, प्युठानको […]

Continue Reading

दुई हप्ताअघि बेपत्ता रिचार्ड मोरिसको खोजी थप तीव्र

– कृष्णप्रसाद शर्मा लण्डन, ६ जेठ: दुई हप्ताअघि बेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको खोजी तीव्र पारिएको छ । मे ६ तारिख आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा बिहान दौडिन निस्कनुभएका मोरिस बेपत्ता हुनुभएको थियो । गत हप्ता हेम्पसायर प्रहरी कार्यालयले खोजीका लागि सर्वसाधारणमा अपिल जारी गरेको थियो । सोमबार पुनः अर्को अपिल जारी […]

Continue Reading

सीमापारि आमाबुबा बितेको खबर, घर आउन नदिएपछि क्वारेन्टाइनमै सेतो कपडामा किरिया

बैतडी, ५ जेठ: हिउँदमा मजदुरीका लागि भारत छिरेका बैतडीको सुर्नया गाउँपालिका– ३ का राजेन्द्रप्रसाद भट्ट र तारा भट्ट कोरोना भाइरसको त्रास बढेपछि घर फर्कन सीमावर्ती क्षेत्र झुलाघाट आए । उनीहरु सीमामा आउँदा नेपाल प्रवेश नाका बन्द भइसकेको थियो । त्यसपछि दुबै जना झुलाघाटस्थित जिआइसी क्वारेन्टाइनमा बसे । स्वदेशको साँधमै अड्किएका दुबै जनाले घरमा फोन गरी […]

Continue Reading

फेवाताल जोगाउन जुटे प्रदेश र स्थानीय सरकार

पोखरा, ५ जेठ: संरक्षणको अभावमा कतै फेवातालकै अस्तित्व मेटिने त होइन भन्ने चासो र चिन्ता बढेका बेला गण्डकी प्रदेश सरकार र यहाँको स्थानीय सरकार यतिखेर संरक्षणमा जुटेका छन् । पोखरामा पर्यटनको प्रसङ्ग उठ्नेबित्तिकै सुविधा सम्पन्न होटलका कार्यक्रम तथा त्यहाँ मात्र नभएर पोखराका चोक र चिया पसलमा समेत फेवाताल संरक्षणको विषयले चर्चा पाउने गर्छ । तर […]

Continue Reading

बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा रहेका युवकको मृत्यु

राँझा, ४ जेठ: बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताउनुभयो । उहाँका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स […]

Continue Reading

कालिका परिसरमा चरीको चिरबिरमात्रै

– तानानाथ आचार्य बलेवा, ४ जेठ: शनिबार बिहान ८ बजेको थियो । चरीको चिरबिर र सालका पातको सल्याङमल्याङबाहेक मन्दिर परिसरमा कोही थिएन । प्रवेशद्वारबाट भित्र लागेपछि अलि पर मन्दिर छेवैमा केही कर्मचारी सरसफाइको काम गरिरहेका थिए । मन्दिरको मुख्य ढोकाभन्दा अघिपट्टि टिनटिन बज्ने घण्टीले बज्न नपाएको धेरै भएको छ । मन्दिर परिसरमा दैनिक पुग्ने पुजारी […]

Continue Reading

सङ्क्रमण पुष्टि भएपछि सिरहाको मौवाही सिल

लहान, ४ जेठ: कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ । सुखवानान्कारकट्टी गाउँपालिका–१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण थप फैलन नदिन सो वडालाई सिल गरिएको सिरहा प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले जानकारी दिनुभयो । अत्यावश्यक कामबाहेक कसैलाई पनि बस्तीबाहिर जान […]

Continue Reading