प्रधानमन्त्रीद्वारा कोभिड –१९ बाट महिलाको निधन भएकोमा दुःख व्यक्त

काठमाडौँ, ४ जेठ: प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड –१९को संक्रमणबाट महिलाको शुक्रबार निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज बिहान ट्विट गर्दै भन्नुभयो, “कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद सिन्धुपाञ्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ । उहाँले मृतकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा समवेदनासमेत […]

Continue Reading

पाँच जनामा कोरोना सङ्क्रमण देखिएपछि लकडाउनमा कडाइ

काठमाडौँ, २ जेठ: काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले पाँच जनामा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि लकडाउनलाई कडाइ गर्न लागेको छ । नगरपालिकाले सशस्त्र प्रहरी अस्पताल बलम्बुमा ४८५ लाई गरेको पिसिआर परीक्षणमा पाँच जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि लकडाउनलाई कडाइ गर्न लागेको हो । परीक्षण गरिएका ४८५ मध्ये ७२ जनाको रिपोर्ट आउन बाँकी […]

Continue Reading

रासायनिक मलको कालोबजारी गर्ने धरौटीमा छुटे

सिन्धुली, २ जेठ: लकडाउनको मौका छोपी रासायनिक मलको कृत्रिम अभाव गरेर कालोबजारी गरेको आरोपमा पक्राउ परेका एक सहकारी संस्थाका सञ्चालक धरौटीमा छुटेका छन् । कमलामाई नगरपालिका–६ स्थित बागवानी कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक डुकेन्द्र दाहालले जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आदेशमा एक लाख ७० हजार धरौटीमा छुटेका हुन् । रासायनिक मलको मूल्यवृद्धि गरी कालोबजारी गरेको आरोपमा […]

Continue Reading

बन्दाबन्दीमा रोकिएन पोखरा विमानस्थलको काम

पोखरा, २८ वैशाख: विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न सरकारले देशव्यापी बन्दाबन्दी (लकडाउन) गरेको छ । कोरोनाको यस कहरले सङ्घ, प्रदेश तथा स्थानीय सरकारका पूर्वाधार निर्माणका आयोजनासमेत प्रत्यक्षरुपमा प्रभावित भएका छन् । काममा आंशिक प्रभाव पारे पनि पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य भने यो विषम […]

Continue Reading

सीमाका विषय टुङ्गोमा पुर्याउने समय यही हो : अध्यक्ष दाहाल

– नारायण ढुङ्गाना, काठमाडौँ, २८ वैशाख: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेक, कालापानी तथा लिम्पियाधुरालगायत सीमाका विषय पेचिलो बनेको भन्दै त्यसको समाधानका लागि नेपालसामु सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय आएको बताउनुभएको छ । विगतदेखि नै राजनीतिक र कूटनीतिकरूपमा विभिन्न चरणमा समाधानको प्रयास गरिए पनि निकास ननिस्किएको वर्तमान परिप्रेक्ष्यमा समस्याहरु थप […]

Continue Reading

छाडा गाईबाच्छाको संरक्षण गरी राष्ट्रिय गौ बाटिका बनाइने

काठमाडौँ, २७ वैशाख: उपत्यकाका सडकमा छाडा छाडिएका गाईबाच्छालाई जम्मा गरी राष्ट्रिय गौ बाटिका बनाउने अभियान शुरु गरिएको छ । उपत्यकाका गाईपालकले बाच्छा जन्मिए एक महिनापछि नै पशुपतिलगायत मन्दिर एवं सडकमा खुला छाडिदिँदा राजधानीमा ठूलो समस्या बनेको थियो । यो समस्या समाधान गर्न गत वर्ष जेठ १ गतेदेखि छाडा गाईबाच्छा संरक्षण अभियान शुरु भएको थियो । […]

Continue Reading

भारतले लखेटेपछि दशगजामै बास

–काशीराम शर्मा बाँके, २७ वैशाख भारतमा कोरोना सङ्क्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट लुकिछिपी २१ कामदार नरैनापुर फर्किए । भारत श्रावस्ती जिल्ला भिन्गास्थित क्वारेन्टाइनले उनीहरुलाई राख्न नमानेपछि भारतीय प्रहरीले नरैनापुर गाउँपालिका–१ सुइँया नाकाबाट उनीहरुलाई नेपाल प्रवेश गरायो […]

Continue Reading

राप्ती र नारायणी नदीबाट घडीयाल गोहीका अण्डा सङ्कलन

– नारायण अधिकारी चितवन, १६ वैशाख: राप्ती र नारायणी नदीबाट घडीयाल गोहीका नौवटा गुँडमा भएका अण्डा सङ्कलन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले करीब तीन सय अण्डा सङ्कलन गरी गोही प्रजनन केन्द्रमा बच्चा कोरल्नका लागि राखिएको जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार चैत महिनामा गोहीले अण्डा पार्ने गर्दछ । निकुञ्जले गत […]

Continue Reading

सहिद पिताको निधन

काठमाडौँ, वैशाख १३ प्रजातान्त्रिक आन्दोलनका सहिद खगेन्द्र दाहालका पिता डिल्लीराम दाहालको ८९ वर्षको उमेरमा सहिद गङ्गालाल हृदयरोग अस्पताल, बाँसबारीमा उपचारका क्रममा आज निधन भएको छ । उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका पत्नी,दुई छोरा र तीन छोरी हुनुहुन्छ । ओखलढुङ्गा जिल्लाको तत्कालीन वरुणेश्वर–१ (हाल मोलुङ गापा–२) बाट खगेन्द्र दाहाल प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा दलविहीन पञ्चायती […]

Continue Reading

आगामी जेठ २ गतेसम्म हवाई उडान स्थगन

काठमाडौँ, १३ वैशाख: कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा बाह्य हवाई उडानलाई आगामी जेठ २ गते (मे १५) सम्म स्थगित राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा आज बसेको सो बैठकले उक्त निर्णय गरेको सचिव नारायणप्रसाद बिडारीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । कोभिड–१९ बाट उत्पन्न […]

Continue Reading

घर, पसल र होटल बन्द भएपछि खानाको अभावमा छटपटाइ रहेका छाडा कुकरलाई खाना र पानी

–पेमा लामा बनेपा, ६ वैशाख: बनेपा नगरपालिका–८ का सर्वश्री अधिकारीले बजार क्षेत्रमा छाडा छाडिएका सामुदायिक कुकुरलाई खाना (बिस्कुट, पाउरोटी, केक) र पानी खुवाउँदै आएको करिब २५ दिन भयो । उहाँले हरेक दिन बनेपाका विभिन्न ठाउँमा पुगेर छाडा कुकुरलाई बिस्कुट, पाउरोटी, केकलगायतका खाना र पानी दैनिकरूपमा ख्वाउँदै आउनुभएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका […]

Continue Reading

मानव कङ्काल भेटियो

मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्पसँगै पूर्वपट्टी एवं अरनिको राजमार्गको दक्षिणतर्फको सर्भिस ट्रयाकमा जोडिएको खाली जग्गामा मानव कङ्काल भेटिएको छ । स्थानीय राजेश श्रेष्ठको जग्गाको झाडी फाड्ने क्रममा आज मानव कङ्काल भेटिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । उहाँले मानव कङ्कालमा रहेको पुरुषको लुगा, टाउको र अन्य शरीरको […]

Continue Reading

बस र ट्रक ठोक्कीँदा तीन जना घाइते

चितवन, ४ फागुन : पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको पिप्लेमा बसले ट्रकलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जनकपुरबाट भैरहवातर्फ आइरहेको लु१ख ७१०८ नम्बरको बसले सोही दिशाबाट आइरहेको ना६ख ३४३४ नम्बरको ट्रकलाई गएराति ठक्कर दिएको थियो । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र ठक्कर खाने दुवै सवारी र […]

Continue Reading

नारायणगढ–मुग्लिन सडक पूर्ण सञ्चालन

भरतपुर, २४ पुस : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । सवारी साधान रोकेर पहिरो नियन्त्रणको कार्य सकेर पूर्णरूपमा सडक सञ्चालन गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले जानकारी दिनुभयो । दिउँसोको समयमा दैनिक चार घण्टा सवारी साधन रोकेर पहिरो नियन्त्रणको काम हुँदै आएको थियो । अब बाँकी रहेका काम अन्य दिनमा […]

Continue Reading

नारायणगढ–बुटवल सडक विस्तार तीव्र

नवलपुर, २२ पुस: पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ । सडक विस्तारले तीव्रता पाएसँगै सडक फराकिलो बनाउन आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका–१४ को भागबाट पहाड खनेर लैजान शुरु गरिएको छ । सडक विस्तारका लागि यहाँका १० व्यक्तिको नाममा रहेको ७५ रोपनी जग्गाबाट बाटो विस्तारका लागि आवश्यक माटो लैजान शुरु गरिएको वडाध्यक्ष कोपीसरा […]

Continue Reading