कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्युः १३ हजारमा संक्रमण

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । एनआरएनका अनुसार संयुक्त अरब इमिरेट्समा नौ, साउदी अरबमा पाँच, बेलायत र नेपालमा दुईदुई तथा संयुक्त राज्य अमेरिका, कतार र कुवेतमा एकएक नेपालीको […]

Continue Reading

झापामा कोराना सङ्क्रमितको सङ्ख्या २७ पुग्यो

भद्रपुर, ८ जेठ; झापामा कोराना भाइरसको सङ्क्रमण देखिएका व्यक्तिको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल गाउँपालिका वडा नं ३, ६ र ७ का १५ थपिएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा १८ देखि ४६ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको जनाइएको […]

Continue Reading

निजी क्षेत्रलाई बजेटमा प्रोत्साहन गर्नुपर्ने

विराटनगर, ६ जेठ: आगामी बजेटले उद्योग व्यवसाय क्षेत्रको प्रोत्साहन तथा यस क्षेत्रको विकास गर्न उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई सुझाव दिएको छ । कोभिड–१९ महामारीको वर्तमान अवस्था एवं आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि प्रदेश सरकारले ल्याउने बजेटमा उद्योग÷व्यवसाय क्षेत्रको प्रोत्साहन एवं यस क्षेको विकासका साथै […]

Continue Reading

पाल्पाका ४१ जनाको स्वाब सङ्कलन

पाल्पा, ६ जेठ: पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा यहाँ ४१ जनाको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको छ । तानसेनस्थित क्वारेन्टिनमा भारतबाट फर्किएकासहित १५ तथा दोभानमा खटिएका सुरक्षा र स्वास्थ्यकर्मी २६ जनाको स्वाब संकलन गरिएको हो । भारतबाट आएका जिल्लावासी, क्वारेन्टिनको सुरक्षामा रहेका सुरक्षाकर्मी, भान्से तथा र सम्पर्क खोजी सूचीमा परेका व्यक्तिको स्वाब संकलन […]

Continue Reading

दुई हप्ताअघि बेपत्ता रिचार्ड मोरिसको खोजी थप तीव्र

– कृष्णप्रसाद शर्मा लण्डन, ६ जेठ: दुई हप्ताअघि बेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको खोजी तीव्र पारिएको छ । मे ६ तारिख आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा बिहान दौडिन निस्कनुभएका मोरिस बेपत्ता हुनुभएको थियो । गत हप्ता हेम्पसायर प्रहरी कार्यालयले खोजीका लागि सर्वसाधारणमा अपिल जारी गरेको थियो । सोमबार पुनः अर्को अपिल जारी […]

Continue Reading

वडावासीको पेट भर्दै वडाध्यक्ष लामा, दैनिक एक हजारलाई खाना

– जमुना वर्षा शर्मा चिप्लेढुङ्गा, ६ जेठ: पोखरा महानगरपालिका–१३ को वडा कार्यालय अगाडि बिहान ९ बजे नै मानिस जम्मा हुने गर्छन् । सामाजिक दूरी कायम गरेर वडाले लगाएको घेराभित्र उभिनेहरुको हातमा एउटा झोला पनि हुन्छ । उनीहरु सेवा लिन आएका भने होइनन् । बन्दाबन्दीका कारण हातमुख जोड्न समस्यामा परेकाहरु वडाले वितरण गरेको खाना खानका लागि […]

Continue Reading

बाँकेको नरैनापुर एउटै गाउँपालिकामा ५६ सङ्क्रमित

राँझा, ५ जेठ: एक जना सङ्क्रमितको ज्यान गएसँगै बाँकेको नरैनापुर गाउँपालिका कोरोनाको केन्द्रविन्दु बन्न पुगेको छ । आज फेला परेका ४७ जनासहित नरैनापुरमा मात्रै सङ्क्रमित ५६ पुगेका छन् । यसअघि नै नरैनापुरमा एकजनाको ज्यान जानेगरी नौ जनामा सङ्क्रमण देखिएको थियो । यससँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या आजसम्म ८१ पुगेको छ । यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा […]

Continue Reading

गुल्मी मदानेका पुरुषमा कोरोना संक्रमण

रुपन्देही, ५ जेठ: गुल्मीको मदाने गाउँपालिकाका एक पुरुषमा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यवस्था ठीक नभएपछि उपचारका लागि यही जेठ १ गते रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा भर्ना हुनुभएका मदाने– २ का ४१ वर्षीयमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । ज्वरो र रुघाखोकीका कारण उपचारका लागि अस्पतालमा […]

Continue Reading

आज एकै दिन थप ५३ जनामा सङ्क्रमण

काठमाडौँ, ५ जेठ: कोभिड–१९ को सङ्क्रमण आज एकैपटक ५३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भेरी अस्पतालमा रहेको प्रयोगशालामा ४७, धुलिखेल अस्पतालको प्रयोगशालामा चार, विराटनगरस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भैरहवास्थित प्रयोगशालामा एक÷एक गरी कूल ५३ जनामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । उहाँका […]

Continue Reading

सीमापारि आमाबुबा बितेको खबर, घर आउन नदिएपछि क्वारेन्टाइनमै सेतो कपडामा किरिया

बैतडी, ५ जेठ: हिउँदमा मजदुरीका लागि भारत छिरेका बैतडीको सुर्नया गाउँपालिका– ३ का राजेन्द्रप्रसाद भट्ट र तारा भट्ट कोरोना भाइरसको त्रास बढेपछि घर फर्कन सीमावर्ती क्षेत्र झुलाघाट आए । उनीहरु सीमामा आउँदा नेपाल प्रवेश नाका बन्द भइसकेको थियो । त्यसपछि दुबै जना झुलाघाटस्थित जिआइसी क्वारेन्टाइनमा बसे । स्वदेशको साँधमै अड्किएका दुबै जनाले घरमा फोन गरी […]

Continue Reading

भरतपुुर महानगरपालिका–४ का वडा सदस्य पाठकको निधन

चितवन, ५ जेठ: भरतपुुर महानगरपालिका–४ का वडा सदस्य प्रेम शर्मा पाठकको निधन भएको छ । पाठक लामो समयदेखि आन्द्राको समस्याबाट ग्रसित हुनुहुन्थ्यो । सन्ताउन्न वर्षीय पाठकको आज दिउँसो उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो । उहाँ विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका–४ मा नेपाली काँग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित हुनुभएको […]

Continue Reading

मृत्यु भएकी महिलाको गाउँमा चिकित्सकको उच्च टोली जाँदै

काठमाडौँ, ४ जेठ: सरकारले कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको गाउँमा सिन्धुपाञ्चोकको बाह्रबिसे नगरपालिकामा चिकित्सकको टोली पठाइरहेको छ । नेपालमा पहिलोपटक कोभिड–१९ को सङ्क्रमणबाट महिलाको मृत्यु भएपछि त्यसबारे अध्ययन अनुसन्धान र सङ्क्रमण फैलिन नपाओस् भनेर चिकित्सकको टोली पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश र जिल्लाबाट चिकित्सकको […]

Continue Reading

सुत्केरीलाई खाद्यान्न सहयोग

कैलाली, ४ जेठ: नेपाल विद्यार्थी सङ्घ क्षेत्र नं ५ ले सुरक्षित मातृत्व सञ्जाल महासङ्घको समन्वयमा धनगढी उपमहानगरपालिकाका २५७ जना गर्भवती तथा सुत्केरीलाई पोषणयुक्त खाद्यान्न सामग्री वितरण गरेको छ । झण्डै दुई सातअघिबाट शुरु गरिएको ‘आमा बचाऊ, मानवता जगाऊ’ अभियानका क्रममा हालसम्म लकडाउनको जारी रहँदा उनीहरुलाई खाद्यान्न अभाव सिर्जना हुन नदिन पोषणयुक्त खाद्यान्न सामग्री वितरण गरिएको […]

Continue Reading

भारतबाट फर्र्किएका ३३ क्वारेन्टाइनमा

भद्रपुर, ४ जेठ: भारतको मुम्बइबाट फर्किएका ३३ नेपालीलाई झापाको कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ । तीन दिनअघि पाँचदेखि १० जनासम्मको समूह बनाइ उनीहरु केचना, पाठामारी र घेराबारीबाट राति नेपाल प्रवेश गरेका थिए । उनीहरु सबै कचनकवल गाउँपालिकाकै रहेको पालिकाका अध्यक्ष अञ्जार आलामले बताउनुभयो । केचनकवल–२ स्थित पथरिया माध्यमिक विद्यालयमा तयार गरिएको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको छ […]

Continue Reading

धनुषामा थप दुईजनामा कोरोना पुष्टि सङ्क्रमितको सङ्ख्या सात पुग्यो

जनकपुरधाम, ४ जेठ: धनुषामा थप दुईजनामा कोरोना पुष्टि भएको छ । अब यस जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या सात पुगेको छ ।कोरोना सङ्क्रमण पुष्टि भएका दुवै व्यक्ति नगराइन नगरपालिका–९को घोडघासका बासिन्दा रहेको प्रदेश नं २को स्वास्थ्य शाखाका निर्देशक हरिशचन्द्र साहले जानकारी गराउनुभयो । ती दुईजनाको कन्ट्र्याक ट्रेसिङको कार्यका साथै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी […]

Continue Reading