सरकार आफ्ना नागरिकप्रति संवेदनशील छः प्रधानमन्त्री ओली

काठमाडौँ, १२ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाका कतिपय मुलुकको तुलनामा नेपालमा महामारी नियन्त्रणको स्थिति प्रभावकारी भए पनि ढुक्क भएर बस्ने स्थितिमा नभएको बताउनुभएको छ । नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले कोरोनाविरुद्धको लडाइँ निकै चुनौतीपूर्ण र लामो रहेको र यस यथार्थप्रति सरकार सचेत रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले कोभिड–१९ […]

Continue Reading

थप सात जना सङ्क्रमित थपिए

–शरद शर्मा काठमाडौँ, १२ जेठः कोभिड–१९ को सङ्क्रमण आज थप सात जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले अछाम, बर्दिया, काठमाडौँ र पर्सामा गरी नयाँ सात जना सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशला, भेरी अस्पतालको प्रयोगशाला र नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा […]

Continue Reading

कोभिड–१९ को सङ्क्रमणबाट थप एकको मृत्यु

काठमाडौँ, १२ जेठः कोरोना भाइरस (कोभिड–१९ को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । बारा जिल्ला कलैया नगरपालिका–७ का ती व्यक्तिको कोभिड–१९ को सङ्क्रमणबाट नेशनल मेडिकल कलेज वीरगञ्जमा गत जेठ ४ गते नै निधन भएको हो । योसँगै कोभिड–१९ बाट मृत्यु हुनको सङ्ख्या नेपालमा चार पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा […]

Continue Reading

वर्षा राउतका कारण वर्षा सिवाकोटी तनावमा, भनिन् कमेन्ट गर्नुअघि नाम थर हेर्ने गर्नु !

काठमाडौँ, जेठ १२- सारा नेपालीले भारतले अतिक्रमण गर्ने चेष्टा राखेको कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा खुलेर बिरोध गर्दा नायिका वर्षा राउतले भने विबादास्पद बयान दिइन राउतले लाइभ भिडियोमा गरेको टिप्पणीका कारण उनको तीब्र बिरोध भयो । एक युट्युव च्यानलसँगको अन्तरावार्ताका क्रममा नायिका बर्षा राउतले भारत र नेपाली पत्रकारहरुले विबादित भूमि आ आफ्नो भएको दाबी गर्दा […]

Continue Reading

विद्युत् महसुल सङ्कलन गर्ने नगर्ने भन्नेमै विवाद

काठमाडौँ, १२ जेठः लकडाउनको समयमा सामाजिक दूरी कायम राख्दै स्वास्थ्य सर्तकता अपनाएर विद्युत् महसुल सङ्कलन गर्ने भन्ने नेपाल विद्युत् प्राधिकरणको निर्णयलाई लिएर कर्मचारीका बीचमा विवाद देखिएको छ । प्राधिकरणका क्रियाशील कर्मचारीको आधिकारीक टे«ड युनियनले संस्थाको निर्णयअनुसार सम्पूर्ण सुरक्षा प्रबन्ध गरेर काम गर्न तयार रहेको बताइरहेका छन् । उनीहरु विपद्को समयमा व्यक्तिगत सुरक्षाका सम्पूर्ण उपाय अपनाएर […]

Continue Reading

राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने कार्य उच्च प्राथमिकतामा छः सरकार

काठमाडौँ, १२ जेठः सरकारले नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी आफ्ना कामकारवाही एवं गतिविधि सञ्चालन गरेको जनाएको छ । नेपाल सरकारले राष्ट्रपतिसमक्ष आज बुझाएको सरकारको प्रतिवेदनमा सो कुरा उल्लेख छ । संविधानअनुरुप राज्यका नीति तथा दायित्यको कार्यान्वयनको स्थिति र शासकीय सुधार एव सुशासन कायम गर्ने सम्बन्धमा भएका कामकारवाही पनि […]

Continue Reading

रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध

काठमाडौँ, १२ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रका नाममा आज सम्बोधन गर्नुहुँदै उहाँले यो महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभयो । महामारीको सामना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । क्वारेन्टिन थप व्यवस्थित बनाउँदै लैजाने पनि उहाँको भनाइ […]

Continue Reading

‘एक तर्फी माया यो मेरो भन्दै आए केदार (भिडियो सहित)

काठमाडौं : विगत २ महिना देखि पट्यारलाग्दो लकडाउनले धेरै मानिसहरु घरभित्रै सीमित बन्न पुगेका छन् । यो बेलामा प्रत्येक दिन कसरी कटाउने भन्ने धेरैमा अन्यौल देखिन्छ । सरकारको सल्लाह मान्ने हो भने संगीत सुन्ने , सृजनशील बन्ने लकडाउनमा फ्रेस हुने तरिका हो। लकडाउनले सबैको सक्रियता ‘लक’ गरिदिए पनि केहि गायक कलाकारहरुले गीत संगीत, शर्ट मुभी […]

Continue Reading

पूर्वाधार विकासमा धेरै काम भयोः मध्यपुरथिमि

भक्तपुर, १२ जेठः मध्यपुरथिमि नगरपालिकाकाले शिक्षा, स्वास्थ्य एवं संस्कृतिको विकासलाई मजबुद बनाउँदै लगेको दाबी गरेको छ । नगरपालिकामा आज आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले तीन वर्षको अवधिमा मध्यपुरथिमिको पुरानो र नयाँबस्तीको फरक ढङ्गले विकास गर्नुका साथै शिक्षा र स्वास्थ्यको विकास सँगसँगै अगाडि बढाएको जानकारी दिनुभयो । थिमिको पुरानो बस्तीलाई परम्परागतरुपमा विकास गर्दै पुराना घरको […]

Continue Reading

आज एकै पटक ७२ जनामा सङ्क्रमणः सङक्रमित पुगे ६७५

काठमाडौँ, १२ जेठः आज एकै पटक ७२ जना कोरोना सङ्क्रमित थपिएका छन् । कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायत जिल्लामा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २३ र दैलेखमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि […]

Continue Reading

कोरोना अपडेटः विश्वभर ३ लाख ४६ हजारको मृत्यु, अमेरिकामा मृतकको संख्या एक लाख नजिक

जेनेभा, १२ जेठ– कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५५ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९६ हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर २ हजार ८२६ जनाको ज्यान गएको छ । प्राप्त […]

Continue Reading

भद्रगोलका कलाकार ‘बेलासे’ ले जिते कोरोनालाई, सेयर गरे खुसीको तस्बिर

काठमाडौ । हाँस्य टेलिश्रृंखला भद्रगोलका निर्माता तथा कलाकार सुवास कार्कीले कोरोना भाइरसलाई जितेका छन् । झण्डै २ वर्षदेखि लण्डनमा बस्दै आएका कार्की आज आइतबार तस्विर शेयर गर्दै आफुले विश्वभर फैलिएको कोरोनालाई जितेको जानकारी गराएका छन् । उनि कोरोना पुष्टी भएपछि लण्डनस्थित निवासमै सेल्फ आइसुलेसनमा बस्दै आएका थिए । लण्डनमा कोरोना भाईरसका कारण दिनहुँ नेपालीमा कोरोना […]

Continue Reading

प्रेमिकाले नै बोलाएर विवाहका लागि गएका नवराज जंगलमा यस्तो अबस्थामा फेला परे !

काठमाडौं, १२ जेठ- जाजरकोटको भेरी नगरपालिका ४ खलंगाका नवराज विक र रुकुमपश्चिमको चौरजहारीकी सुष्मा मल्लबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो।यो विषय विस्तारै दुबैतिरका परिवारले थाहा पाए। केटीतर्फका परिवारले दलित केटासँगको प्रेम सम्बन्ध कुनै पनि हालतमा अघि बढ्न नसक्ने भन्दै पटक पटक चेतावनी दिँदै आएको थियो। तर, गहिरो माया बसेपछि उनीहरु एकअर्काबिना बाँच्न नसक्ने भन्दै विवाह […]

Continue Reading

कोरोना सङ्क्रमितका कारण रोकियो जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम

काठमाडौँ, १२ जेठः गोकर्णेश्वर नगरपालिका–४ मा कोरोना सङ्क्रमित भेटिएपछि जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम रोकिएको छ । बन्दाबन्दीको एक महिनापछि सुरक्षा विधि अपनाएर पुनः शुरु भएको सडक निर्माण अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हलुका सवारी चालक पदमा कार्यरत ५८ वर्षीय स्थानीयवासीमा कोरोना पुष्टि भएपछि नगरपालिकाको वडा नं ४ सिल गरिएकाले रोकिएको हो । सङ्क्रमितसँग सम्पर्कमा आएकाको […]

Continue Reading

अस्तव्यस्त बन्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय : कामुले नै दिन थाले कामु

चितवन, १२ जेठ : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा उपकुलपति, रजिष्ट्रार, डिनलगायतको पदावधि सकिँदासमेत नियुक्त हुन नसक्दा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ । विश्वविद्यालयको उपकुलपति गएको भदौ ६ गतेबाट रिक्त भएको छ । रजिष्ट्रार माघ १२ गतेबाट र दुईवटा सङ्कायका डिन जेठ १ गतेबाट खाली छ । त्यस्तै आर्थिक प्रशासन महाशाखा प्रमुख, पाठ्यक्रम निर्देशकजस्ता […]

Continue Reading