बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • भारतका पूर्वप्रधानमन्त्री सिंहको विषेश सुरक्षा व्यवस्था सरकारले किन गर्‍यो फिर्ता
समाचार

भारतका पूर्वप्रधानमन्त्री सिंहको विषेश सुरक्षा व्यवस्था सरकारले किन गर्‍यो फिर्ता

नयाँ दिल्लीः भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई दिइएको विषेश सुरक्षा व्यवस्था सरकारले फिर्ता लिएको छ । “विषेश सुरक्षा बल (एसपीजी)” का रुपमा खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाइएको सरकारी अधिकारीले सोमबार जनाएका छन् । भारतमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र उहाँका परिवारका सदस्यहरूलाई विषेश सुरक्षा बल प्रायः खटाउने गरिएको छ ।

उहाँलाई अब दोस्रो उच्चस्तरको सुरक्षा व्यवस्था मानिने जेड प्लस सुरक्षा सेवा प्रदान गरिने भएको छ । अहिलेसम्म उहाँलाई दिइदै आएको सुरक्षा सेवामा पुर्वविचार गरिएको सरकारी अधिकारीको भनाई छ । यसलाई सुरक्षा निकायहरुले व्यवसायीक दृष्टीकोणबाट लिनु पर्ने बताएका छन् । सिंहले प्रधानमन्त्रीको दुई बर्षे कार्यकाल पुरा गरेर सन् २०१४ मा विदा लिनुभएको थियो । बर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी त्यसपछि प्रधानमन्त्री बन्नुभएको हो । (रासस/सिन्ह्वा)

चर्चामा

सम्बन्धित समाचार