शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • चिदम्बरमलाई जमानतमा रिहा गर्न अदालतद्वारा अस्वीकार
समाचार

चिदम्बरमलाई जमानतमा रिहा गर्न अदालतद्वारा अस्वीकार

नयाँ दिल्ली, ९ भदौः भारतका पुर्व अर्थमन्त्री पि चिदम्बरमलाई जमानतमा रिहा गर्न भारतीय अदालतले अस्विकार गरेका छन् । भ्रष्टाचार सम्वन्धी मुद्धामा अनुसन्धानका लागि पक्राउ परेका चिदम्बरमलाई सोमबार रिहा गर्न अदालतले अस्वीकार गरेको हो । यससँगै हिरासतबाट मुक्त हुन चिदम्बरमले गरेको प्रयास असफल भएको छ । केन्द्रीय अनुसन्धान विभाग (सिआईबी)ले सोधपुछका लागि भन्दै केही दिन अगाडि उहाँलाई पक्राउ गरेको थियो ।

उहाँलाई अघिल्लो हप्ता पाँच दिनका लागि थुनामा राखेर अनुसन्धान गर्ने आदेश अदालतले दिएको थियो । उहाँ भारतीय काङ्ग्रेसको नेतृत्वको सरकारमा भारतको गृहमन्त्री बन्नुभएको थियो । संचार सेवासम्वन्धी एउटा परियोजनामा अनियमितता गरेको आरोप उहाँमाथि लगाइएको छ । उहाँ भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता र बहालवाला सांसद पनि हुनुहुन्छ । (रासस/सिन्ह्वा)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै